५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सम्पत्ति रोक्का, सम्पत्ति शुद्धीकरणले बयान लिने

गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सम्पत्ति रोक्का, सम्पत्ति शुद्धीकरणले बयान लिने
अ+ अ-

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ । विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ ।

मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ । विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो । रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ ।

मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ । ‘धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ,’ विभागका एक अधिकारीले भने, ‘विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन ।’

अर्यालको युनिभर्सल मेडिकल कलेजमा समेत लगानी: स्याङ्जाको भिरकोट नगरपालिका–७ स्थायी घर भएका खुमा अर्यालको गण्डकी मात्र नभई युनिभर्सल मेडिकल कलेजमा समेत लगानी छ । गण्डकीमा उनको सात करोड ८२ लाख ५० हजार रुपैयाँ लगानी छ । त्यस्तै, भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ स्टडिज एन्ड रिसर्च सेन्टरमा १८ करोड ८८ लाख रुपैयाँ लगानी छ । युनिभर्सलमै उनले दाजु भेषराज अर्यालको नाममा ६ करोड ८१ लाख ८७ हजार आठ सय रुपैयाँबराबरको सेयर लगानी गरेका छन् ।

खिलुङ कालिका एग्रो फार्ममा आफ्नै नाममा एक करोडको लगानी गरेको देखिन्छ । सोही एग्रो फार्ममा बुबा गंगाप्रसाद तथा दाजु भेषराजको नाममा समेत एक करोड लगानी गरेको भेटिएको छ । महालक्ष्मी विकास बैंकमा चार करोड २६ लाख रुपैयाँ लगानी छ । त्यस्तै, विभिन्न आफन्तको नाममा हाइड्रोपावर कम्पनीमा लगानी रहेको र विभागले त्यसको खोजबिन गरिरहेको छ ।

५० ठाउँमा जग्गाा:अर्यालको नाममा विभिन्न जिल्लामा ५० ठाउँमा जग्गा भेटिएको छ । काठमाडौं, दाङ, धनुषा, कास्की, स्याङ्जा र मकवानपुरमा उनको नाममा ठूलो मात्रामा जग्गा भेटिएको छ । बुबा र भाइको नाममा समेत खरिद गरिएका ती जग्गासमेत मालपोत कार्यालयले रोक्का राखेको छ । उनको काठमाडौंको बानेश्वरमा घर छ । अन्य जिल्लामा समेत ठूलो मात्रामा जग्गा खरिद गरेको छानबिनमा खुलेको छ । सस्तोमा आफ्नो नाममा जग्गा किनेर त्यही जग्गा आफूसम्बद्ध कम्पनीलाई महँगोमा बिक्री गरेको तथ्यसमेत अनुसन्धानमा खुलेको छ ।

बैंक खातामा मात्र आठ करोड: अर्यालका नाममा रहेका सबै बैंक खाता दुई साताअघि नै रोक्का भइसकेको छ, जसमा करिब आठ करोड रुपैयाँ भेटिएको छ । बैंकमा भएका कतिपय कारोबार शंकास्पदसमेत देखिएको विभाग स्रोत बताउँछ । १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने प्रावधान छ । मेडिकल कलेजको बैंक खाता भने रोक्का गरिएको छैन । आफ्ना सबै सम्पत्ति रोक्का भएपछि विभागमाथि अनुसन्धान रोक्न अर्यालले दौडधुप सुरु गरेका छन् ।

ठूला नेतामार्फत विभागका महानिर्देशक रूपनारायण भट्टराई र अनुसन्धान आबद्ध कर्मचारीलाई दबाब दिन थालेको स्रोत बताउँछ । अनुसन्धानमा उनले असहयोग गरिराखे पक्राउ गरेरै अघि बढ्ने विभागको तयारी छ । अर्यालमाथि गत वर्ष नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीमुद्दा दायर भइसकेको छ । सरकारले तोकेभन्दा धेरै असुलेको पैसा फिर्ता दिन नमागेपछि प्रवीण गौतमलगायत ५४ जना विद्यार्थीले उनीविरुद्ध जाहेरी दिएका थिए ।

एक करोड ७३ लाख ५७ हजार तीन सय २२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएकोमा उनी फरार भएका थिए । पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । जिल्ला अदालतमा उनको मुद्दा विचाराधीन छ । त्यसपछि पनि उनको मेडिकल कलेजको ठगी रोकिएको छैन । यो वर्ष पनि धेरै शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

प्रधानमन्त्रीकै सहमतिमा विद्यार्थी ठग्ने सबै मेडिकल कलेजमाथि छानबिन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले प्रधानमन्त्रीको अनुमतिमा मात्र कुनै पनि छानबिनलाई विस्तृत अनुसन्धानमा लैजाने गर्दछ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा सबै मेडिकल कलेजमाथि विभागले छानबिन थालेको हो । विभागले जानकीबाहेक सबै निजी मेडिकल कलेजका सञ्चालकमाथि छानबिन गरिरहेको छ ।

जसमध्ये चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालकमाथिको छानबिनलाई प्राथमिकता दिएको छ । ती मेडिकल कलेजले विद्यार्थीलाई धेरै ठगी गरेको उजुरीका आधारमा प्राथमिकता दिइएको विभागले जनाएको छ । सबै मेडिकल कलेजमाथि छुट्टाछुट्टै छानबिन टिम बनाएर अनुसन्धान भइरहेको छ । अर्यालमाथि प्रहरी उपरीक्षक कमल थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक छानबिनमा गण्डकी मेडिकल कलेजले पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै ४२ करोड पाँच लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, उनकै लगानी रहेको ३२ करोड ७२ लाख ठगी गरेको पाइएको थियो । केन्द्रले ती मेडिकल कलेजका सञ्चालकमाथि सम्पत्ति छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही प्रतिवेदनलाई समेत आधार बनाएर विभागले छानबिन अघि बढाएको हो । नयाँ पत्रिका दैनिकबाट