५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड र वेस्टह्यामले बराबरी खेले



सेस्को
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्टह्याम बिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

लन्डन स्टेडियममा भएको यस खेलमा हार नजिक पुगेको म्यान्चेस्टरका लागि दोस्रो हाफको इन्जुरी समयमा बेन्जामिन सेस्कोले गोल गरेर युनाइटेडलाई हारबाट जोगाएका थिए । डिबक्स बाहिरबाट ब्रायन बुमोले दिएको पासलाई सेस्कोले सुन्दर ढंगबाट गोल गरेका थिए ।

युनाइटेडले पूरै खेल अवधिमा वेस्टह्याम बिरुद्ध निरन्तर आक्रमण गरे पनि वेस्टह्यामले पहिलो गोल गरेको थियो । वेस्टह्यामका लागि ५०औं मिनेटमा टोमस साउसेकले गोल गरेका थिए । यही बिच युनाइटेडका कासेमिरोले हेडर मार्फत गरेको गोल अफसाइड भएको थियो ।

विगत पाँच खेलमा चारमा विजयी रहेको युनाइटेड पाँचौं खेलमा बराबरीमा रोकियो । अंक तालिकामा युनाइटेड ४५ अंक सहित चौथो स्थानमा छ । यसअघिका खेलहरूमा म्यान्चेस्टर सिटी, अार्सनल, फुलह्याम र टोटेनह्यामलाइ हराएर उच्च मनोबलका साथ मैदानमा उत्रेको युनाइटेडले उत्कृष्ट खेल खेले पनि वेस्टह्यामसँग बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

वेस्टह्याम भने २४ अंक सहित रेलिगेसन क्षेत्रमा छ ।

अंक तालिका