५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

सामन्ती राजाहरूले १२ हजार मान्छे मारे, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु: प्रचण्ड

सामन्ती राजाहरूले १२ हजार मान्छे मारे, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु: प्रचण्ड
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालमा आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने घोषणा गरेका छन् । यद्यपि बाँकी १२ हजारको जिम्मा भने तत्कालका राजा, महाराजा र राज्यले लिनुपर्ने बताए । तत्कालीन माओवादीले २०५२ सालबाट सुरु गरेको दश वर्षे सशस्त्र द्वन्द्वका वेला १७ हजार बढी मानिसको मृत्यु भएको थियो । सोही विषयलाई उठाएर युद्धको नेतृत्व गरेको प्रचण्डले ५ हजारको मात्र जिम्मा लिने घोषणा गरेका हुन् ।

बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको मात्र ज्यान गएको दाबी पनि गरेका छन् । ‘मलाई भन्ने गरिन्छ, मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिएको छ । यो सत्य होइन, सत्य के हो भनेर मलाई भन्न दिनुहोस्’, तत्कालीन विद्रोही नेतासमेत रहेका प्रचण्डले भने, ‘सत्य के हो भने, हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’

निकै आक्रोशित शैलीमा भाषण गरेका उनले तत्कालीन राजा र राज्यले मारेको विषयको भने कुरा हुने नगरेको भन्दै रोससमेत प्रकट गरे । युद्ध भएपछि दुवैतर्फबाट आक्रमण हुने भएकाले न्याय गर्ने भए दुवै पक्षले मारेको जिम्मेवारी लिनुपर्ने बताए । ‘राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, हिजोको राज्यले मारेको १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन’, प्रचण्डले अगाडि भने, ‘मैले सधैँ भनेको छु, युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा त्यहाँ भएका नराम्रा कामको म जिम्मेवार छु । म त्यस कुराबाट भाग्ने कुरै हुँदैन । तर, नगरेको कामको दोष पनि मैलाई थुपार्नु भयो भने न्याय हुँदैन ।’

त्यतिवेलाको उत्पीडित जाति, क्षेत्र र पहिचानको नेतृत्व आफूले गरेकाले प्रश्न उठ्नुलाई स्वाभाविक रूपमा लिएको उनको भनाइ थियो । पछिल्लोपटक प्रदेश–३ को नाम वागमती राखिएकोमा केही जातीय संघ संस्थाले उनीमाथि विगतका एजेन्डा त्यागेको भनेर प्रश्न उठाएका थिए । जुन कुरा कार्यक्रममा पनि उठेपछि उनले त्यस विषयमा पनि प्रष्ट्याउन खोजेका थिए । अध्यक्ष प्रचण्डले आफूले पहिचानको आन्दोलन नछाडेको दाबीसमेत गरे । आन्दोलन भनेको अहिलेसम्म कसैले नचढेको पहाड चढेको जस्तै भएको भन्दै उनले भने, ‘कोही नपुगेको उचाइमा पुग्न सिधै नाक अगाडि जान सकिँदैन । दायाँबायाँ गर्नुपर्छ ।’

उनले अघि भने, ‘आन्दोलनमा विश्राम लिएका छौँ, चौतारीमा सुस्केरा मारिरहेका छौँ । तर, हामी आन्दोलनमा नै छौँ ।’ पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए । ‘एकैचोटी सबै प्राप्त कहिल्यै भएको छैन । प्राप्त हुँदै जान्छ । त्यसलाई दह्रोसँग पोको पार्ने र नयाँ प्राप्त गर्न अगाडि बढ्ने इतिहास छ’, प्रचण्डको भनाइ थियो । थारूहरूको मात्र नभई सबैको झुटा मुद्दा खारेज गर्ने आन्दोलन जारी रहेको बताउँदै उनले आवाज बुलन्द गर्दै लैजान निर्देशनसमेत दिए ।

रेशमलाई छुटाइन्छ हेर्नुहोला: सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डले टीकापुर घटनामा अदालतबाट दोषी ठहर गरिएका रेशम चौधरीलाई जेलबाट छुटाउने घोषणासमेत गरेका छन् । उनले विगतमा आपूmले प्रधानमन्त्रीकै हैसियतमा भारतमा भेटेको उल्लेख गर्दै अब उनलाई छुटाएर देखाइदिनेसमेत बताए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालकसहित सातजनाको हत्या घटनामा दोषी ठहर भएर जेलमा रहेका थारू अगुवा चौधरीलाई छिट्टै छुटाउने आश्वासन उनले सार्वजनिक मञ्चबाट घोषणा गरिदिएका हुन् ।

चौधरी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कैलाली–१ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत ल्याएकी थिइन् । टीकापुर घटनामा संलग्नता रहेको भन्दै उनलाई अदालतले डिल्लीबजार जेल पठाएको छ । उनको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन छ । अध्यक्ष प्रचण्डले भने चौधरीलाई झुटो मुद्दा लगाइएको बताए । ‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा खुलेआम भेटेर के–के हो तपाईंको कुरा राख्नुहोस् भनेर भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने कुराहरू तपाईहरू नबिर्सिनुहोला ।

प्रधानमन्त्रीको हैसियतले भेटेको छु मैले’, उनले भने,‘डिल्लीबजारको खोरमा गएर रेशमलाई अफिसमा बोलाएर खोरभित्र भेट्न पनि मै हो भन्ने कुरा तपाईहरु बुझिरहनुहोस् ।’ चौधरीलाई शपथ गराउन आफूले भूमिका खेलेको पनि दाहालले दाबी गरे । ‘सभामुख, सरकार र पार्टीलाई भेटेर कम्तीमा पनि रेशमलाई सपथ ग्रहण गराउनुपर्दछ र उसलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म हो भनेर नबिर्सिनुहोला’, प्रचण्डको भनाइ थियो ।

रेशमलाई छुटाउने विषयमा पार्टी र सरकारसँग कुरा भईरहेको भन्दै केही समयपछि छुट्ने घोषणासमेत गरे । ‘टीकापुर घटनाका विषयमा झुटा मुद्दा खारेज गर्नुपर्दछ भनेर पटक पटक पार्टी र सरकारसँग बहस भईराख्या छ’, निक्कै हौसिएर बोलेको प्रचण्डले अगाडि भने,‘केही साथीहरू छुटेका छन् । रेशम लगायतका साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र यसको परिणाम निस्किन्छ ।’

नेपाली सेनाप्रति पनि आक्रोश:प्रचण्डले द्वन्द्वको क्रममा तत्कालीन शाही नेपाली सेना त्यागेर विद्रोही माओवादीको जनमुक्ति सेनामा प्रवेश गर्नेहरूलाई हालै आएर कोर्ट मार्सल गरी जेल चलान गरेकोमा आपत्ति जनाए । सेना परित्याग गरेर माओवादी सेनामा सहभागी भएका गोरखाका विक्रम गुरुङलाई साउन महिनामा जेल चलान गरिएको थियो भने मोरङका सुनिलकुमार भगतलाई पनि ‘भगौडा सेना’का रूपमा जेल चलान गरिएको थियो ।

उनले आफूसँग लागेको आरोपमै उनीहरूलाई पक्राउ गर्नु ठीक नभएको बताए । ‘सेनाबाट जनमुक्ति सेनामा आएका मान्छेलाई केही पहिलेमात्रै पक्राउ गरेर जेल हालिएको छ । उनीहरूलाई छुटाउन मेरो आन्दोलन जारी छ,’ दाहालले भने । सौर्य दैनिकबाट