१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको मुल थलो मधेशले प्रधानमन्त्री पाउने अवसर गुमाउनु हुँदैन: नेता अब्दुल सतार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली कांग्रेसको मुलथलो मधेश नै रहेको बताउनु भएको छ ।

नेपाल मुस्लिम संघले जनकपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा नेता सतार ले यही मुल थलोले प्रधानमन्त्री पाउने सुलभ अवसर पनि आएको जनाउनु भयो ।

उहाँले काग्रेसले भाबी प्रधानमन्त्रीलाई मधेशबाट उम्मेदबार बनाएको स्मरण गराउँदै सभापति गगन थापालाई अत्याधिक मतले जिताएर पठाउने अवसर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो “सभापति गगन थापा सर्लाही ४ मा आउनु नै कांग्रेस र मधेशको सम्बन्ध कति मजबुत छ भन्ने स्पष्ट हुन्छ ,त्यसैले प्रधानमन्त्री पाउने यो अवसर गुमाउनु हुँदैन ।”

नेता सतारले मधेशको विकासको स्पष्ट खाका काँग्रेससंग रहेको जनाउँदै रोजगारीका लागि बन्द भएका कलकारखाना पुनः सञ्चालनमा ल्याउन गगन सरकारको अत्यावश्यक रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, “अपकी बार नो इधर नो उधर, सय पार गगन सरकार ।”

नेता सतारले पछिल्लो समय कांग्रेस प्रति आकर्षण बढेको जनाउँदै त्यसलाई जोगाउँदै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो मधेशकका लागि पनि नया युग सुरु भएको छ, कांग्रेस आफु मात्र बदलिएको होइन अब मुलुक बदल्ने संकल्प लिएर अघि बढेको छ ।

उहाँले सबै जाति, भाषा, धर्म , संस्कृति र समुदायसँगै हिमाल ,पहाड र तराईलाई जोड्ने ऐतिहासिक घोषणापत्र आउने जानकारी दिनुभयो ।

उहाले भन्नुभयो “पढ्न पट्यार लाग्ने खालको होइन छोटो र सटिक तर निकै महत्वपूर्ण कार्यक्रम आउँछ, त्यो मुलुकमा देखिएका समस्याहरुको समाधानका लागि कोशेढुङ्गा बन्छ ।”