११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई जथाभावी गाली गर्ने गायिका राउतले मागिन् माफी



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीप्रति गरेको टिप्पणीका कारण विवादमा तानिएकी गायिका आस्था राउतले माफि मागेकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले चेकिङको क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। आफूलाई तँ भनेको भन्दै उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको समेत भिडियोमा बोलेकी थिईन।

उक्त भिडियो उनले फेसबुकबाट हटाएकी छन् तर अन्य पेजमा भने उक्त भिडियो अपलोड भएका छन्। उक्त भिडियो सञ्जालमा व्यापक सेयर भैरहेको छ।