३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एक्सेल्सियर कपमा सात टिम च्याम्पियन

एक्सेल्सियर कपमा सात टिम च्याम्पियन
अ+ अ-

रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यु–१२ गल्र्समा पहिलो भए ।

स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ ले पराजित ग¥यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले एक्सेल्सियरलाई २२–६ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ८ अंक जोडिन् ।

यु–१२ गल्र्स फाइनलमा स्वर्णिमले चाँदबागलाई ४–२ ले पाखा लगायो । स्वर्णिमका लागि पलिस्था हाडाले २ स्कोर गरिन् । यो विधा पहिलो पटक एक्सेल्सियर कपमा समावेश गरिएको हो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सुसन, सुप्रिया र पलिस्था ‘मोस्ट भेलुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा ओरेकल रे, सिनियर गल्र्समा ह्वाइटफिल्ड र यु–१२ गल्र्समा युरो स्कुल उदीयमान टिम चुनिए । बास्केटबलको ३ विधामा २६ टिम सहभागी थिए ।

फुटसल: काष्ठमण्डपलाई दोहोरो उपाधि

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा काष्ठमण्डप विद्यालयले शुक्रबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डपले यु–९ र यु–१३ उमेरसमूहमा उपाधि जित्यो ।

यु–९ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले पराजित ग¥यो । काष्ठमण्डपका अनय रेग्मीले दुवै गोल गरे । एक्सेल्सियरका आरभ गौतमले १ गोल फर्काए ।

यु–१३ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले हरायो । विजयी टिमका लागि सुजस्विन ओझा र सम्यम बुढाथोकीले गोल गरे । एक्सेल्सियरका तेन्जिङ गोले तामाङले सान्त्वना गोल गरे ।

यु–११ मा जोन डेवीले उपाधि चुम्यो । जोन डेवीले काष्ठमण्डपलाई ३–१ गोलले पाखा लगायो । जोन डेवीका रोनिश खड्काले २ तथा प्रणम भण्डारीले १ गोल गरे । काष्ठमण्डपका शिभांकराज भट्टराईले १ गोल गरे ।

यु–१६ को फाइनलमा न्यु एरा एकेडेमीले रिब्सलाई २–१ गोलले पन्छायो । न्यु एराका आयुश बरामले १ गोल गरे । १ गोल आत्माघाती थियो ।

यु–९ मा काष्ठमण्डपका अनय रेग्मी, यु–११ मा जोन डेवीका प्रणम भण्डारी, यु–१३ मा एक्सेल्सियरका तेन्जिङ गोले तामाङ र यु–१६ मा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

यु–९ मा काष्ठमण्डपका अक्षय पौडेल, यु–११ मा जोन डेवीका मेल्भिन लामा, यु–१३ मा काष्ठमण्डपका सौर्य गौतम र यु–१६ मा न्यु एराका सुबरिना तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।

यु–९ मा कोहिनुर, यु–११ मा अनमोल ज्योति, यु–१३ मा बाल दीक्षा सदन र यु–१६ मा ह्वाइट हेभेन एकेडेमी उदीयमान टिम ठहरिए । चार उमेरसमूहमा ५६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । विजेतालाई पूर्व सांसद गीता क्षेत्री, एक्सेल्सियरकी अध्यक्ष शीतल राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।