५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

सभामुखमा सापकोटा निश्चित

सभामुखमा सापकोटा निश्चित
अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएसँगै उनी सभामुख बन्ने निश्चित भएको छ । लामो समयको विवाद र अन्योल अन्त्य गर्दै नेकपाले सभामुखको टुंगो लगाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा महासचिव विष्णु पौडेलले स्थायी कमिटीका सदस्य सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

सचिवालयको बैठक बस्नुअघि बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करिब तीन घण्टा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको थियो । छलफलबीच दुवै जना सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएका हुन् । ओली र दाहालबीच भएको छलफलमा सभामुख तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दाहालकै भएको ओलीले बताएपछि उम्मेदवार टुंगो लगाउन सहज भएको नेकपा स्थायी कमिटीका एक सदस्यले बताए ।

दुई अध्यक्षको छलफलमा ओलीले दाहाललाई सभामुख उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएपछि सापकोटाको नाममा सहमति जुटेको हो । सभामुख उम्मेदवार टुंगो लगाउनेबारे नेकपामा किचलो भएकाले एक महिनादेखि संसद् बैठक बन्धक भएपछि प्रतिपक्षी दलहरूले आलोचना गर्दै आएका थिए । अब नेकपाले उम्मेदवार टुंगो लगाएसंगै सोमबार बस्ने प्रतिनिधिसभाको बैठक अगाडि बढ्ने बताइएको छ । यसअघि प्रतिनिधिसभाको बैठक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ ।

गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आज संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई यसअघि नै नेकपाले राजीनामा दिन निर्देशन दिइसकेको छ ।

तर, उनी उम्मेदवारको टुंगो नभएसम्म राजीनामा नगर्ने अडानमा थिइन् । उपसभामुख तुम्बाहाङ्फेले समेत सभामुख हुन दाबी गर्दै नेकपामा लबिङ गर्दै आएकी थिइन् । नेकपामा सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी लगायतको समेत सभामुख हुने चर्चा चलेको थियो ।

को हुन् सापकोटा ? नेकपाले सभामुखको उम्मेदवार बनाएका सापकोटा पार्टीका स्थायी कमिटी सदस्य हुन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ निवासी सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । सात वर्षसम्म माध्यमिक विद्यालयका प्रधानाध्यापक भएका सापकोटाले १५ वर्ष शिक्षण गरेका छन् । सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सांसद पदमा निर्वाचित भएका थिए । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री र २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री थिए ।

अध्ययनकै क्रममा २०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भई २०३५ सालमा (नेकपा चौथो महाधिवेशन)मा पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनले २०३७ मा शिक्षक संघर्ष समितिको सदस्य (नेराशिस) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै नेराशिसको केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । २०४८ मा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । उनी २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत भए ।

२०५२ फागुनबाट सुरु सशस्त्र युद्धको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित भएका सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए । १४ चैत २०६२ मा सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकोप्टरबाट प्रहार भएको गोली तीन ठाउँमा लागेर गम्भीर घाइते भएका उनी २०६२/६३ को दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालन गर्ने नेतृत्वमा थिए ।

२०६९ माघमा भएको एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनवाट पोलिटब्युरो सदस्य निर्वाचित सापकोटा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०७१ मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य र २०७३ मा नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्यको जिम्मेवारी निर्वाह गरेका सापकोटा अहिले नेकपा स्थायी कमिटी सदस्य छन् । राजधानी दैनिकबाट