१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता छः नेपाली काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उपसभापति भुसालले राजनीतिक दलहरु भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सबै पार्टीहरुले उम्मेदवार तय गरेर निर्वाचनमा होमिईसकेको र निर्वाचनका लागि संरचना बनाईसकेको र त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरु निर्वाचनमा गइसकेको अवस्थामा छ । राजनीतिक दलहरु चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । हामी धेरै चोटी निर्वाचन लडिसकेको अवस्थामा उम्मेदवारले त्यसको अपेक्षा सरकारबाट पनि गर्छ, निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो । संविधान संशोधन यो निरन्तर सम्वादमा जाने प्रक्रिया हो । समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अव नयाँ बन्ने पार्लियामेन्टले त्यसको जिम्मेवारी लिन्छ ।’

उपसभापति भुसालले काँग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताउनु भयो ।




भर्खरै