९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने एमालेमा आवद्ध राष्ट्रिय युवा संघको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)मा आवद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमाण्डमा ५०१ जना केन्द्रिय निर्वाचन परिचालन कमाण्ड र सबै निर्वाचन क्षेत्रमा पनि एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको जानकारी गराएको हो । आम मतदातको सुरक्षालाई समेत ध्यानमा दिएर सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘केन्द्रमा संगठनका अध्यक्ष कमरेड माहाराज गुरुङ्गको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा मातहतका निर्वाचन परिचालन कमाण्डहरुलाई संयोजन र नेतृत्व गर्ने गरि पदाधिकारी र सचिवालय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यसका साथै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय भएको छ । बैठकले उक्त कमाण्डमा संगठनद्वारा तोकिएको केन्द्रिय सदस्यको नेतृत्वमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका सगठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरु र सम्पूर्ण मातहत कमिटी ( प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, बडा कमिटी र टोल कमिटी) का पदाधिकारी तथा सदस्यहरु रहने निर्णय गरेको छ। बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्ड अन्तर्गत ६७४३ वटै वडामा बडा कमाण्डर र १०९६७ वटै बुथमा बुध कमाण्डर तोकेको छ ।’

संघले सबै बुथहरुमा पनि त्यसको संरक्षण गर्नेगरी कमाण्डरहरु तोक्ने पनि जनाएको छ ।