३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एक्सेल्सियर कपमा रेखा सम्मानित

एक्सेल्सियर कपमा रेखा सम्मानित
अ+ अ-

दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो ।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

‘नेपाली महिला फुटबल खेलको विकास, सशक्तिकरण र राष्ट्रिय पहिचान स्थापित गर्न विगत ८ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अग्रपंक्ति खेलाडीका रुपमा अनुशासन, निरन्तर मेहनत र अतुलनीय योगदानसहित खेलप्रति पूर्ण समर्पित तपाईंले खेल मैदानमा देखाउनु भएको साहस, नेतृत्व र खेल भावना खेलकुद क्षेत्रमा मात्र नभइ सबैका लागि प्रेरणाको श्रोत बनेको छ । अतः खेलकुदलाई जित हार भन्दा माथि उठेर राष्ट्रको गौरव, एकता र आत्माविश्वासको प्रतीकको रुपमा चिनाउन सफल हुनु भएकोमा तपाईंको योगदानको उच्च कदर गर्दै र आगामी खेल जीवनको अझै उज्याले, सफल र प्रेरणादायी यात्राको शुभेच्छासहित हामी दि एक्सेल्सियर स्कुल परिवारको तर्फबाट सगौरव यो सम्मान पत्र प्रदान गरिएको छ ।’ रेखालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।

बास्केटबल: एक्सेल्सियर र रिब्सको विजयी सुरुआत

आयोजक एक्सेल्सियर र रिब्सले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेका छन् ।
एक्सेल्सियरले ह्वाइटफिल्डलाई १४–७ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा अकिना घिमिरेले १२ अंक योगदान गरिन् । सुप्रिया मल्लको १२ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २२–१२ ले हरायो ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा बोधीवृक्षले बोधीसत्वलाई ५–०, लाइफ स्कुलले बोधीवृक्षलाई ११–० र एक्सेल्सियर (ब्लु) ले बाल दीक्षा सदनलाई १–० गोलले पराजित गरे ।

यु–१३ मा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई ४–० र रिब्सलाई ३–१ तथा रिब्सले बाल दीक्षा सदनलाई ४–२ गोलले हराए ।
स्वयम्भूस्थित आयोजकै हातामा भइरहेको प्रतियोगिताको यु–१६ मा बोधीसत्वले संस्कृतिलाई ३–० तथा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई १–० गोलले पाखा लगाए ।

प्रतियोगिताको खेलकुद मन्त्री नेपालले एक कार्यक्रमबीच उद्घाटन गरिन् । माघ २३ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिम गरी ८२ टिम सहभागी छन् ।