६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

हेटौडा, बुटवल, नारायणघाट र बन्दीपुरमा नेपथ्य यात्रा

हेटौडा, बुटवल, नारायणघाट र बन्दीपुरमा नेपथ्य यात्रा
अ+ अ-

काठमाडौं: वैश्विक हिसाबले प्रेमिल अनि आसन्न चुनावले गर्दा राजनीतिक रंगमा घोलिनलागेको यो फेब्रुअरीलाई लोकरक ब्याण्ड नेपथ्यले भने संगीतको महिना पनि तुल्याउन थालेको छ  यो वर्ष दुइपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत फेब्रुअरी चार तारिख (माघ २१ गते) देखि चार शहरमा कन्सर्ट घोषणा गरेको छ 

 यात्राको सुरुवात २१ गते बुधबारको साँझ हेटौंडाबाट हुनेछ  शहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट आयोजित हुनेछ । अघिल्लोपटक तीन वर्षअघि मानवसेवामा समर्पित भइ देश दौडाहा गर्दा पनि ब्याण्डले यो विद्यालय प्रांगणलाई आफ्ना लोकरक सुनाउनका निम्ति रोजेको थियो । यसपाला भने विद्यालयकै भैरव रोडसँग जोडिनेतर्फको मैदानमा नेपथ्य कन्सर्ट आयोजना हुँदैछ  द्वन्द्वकालका बेला शान्तिको आवाज लिएर पनि यो ब्याण्ड यस सहरमा पुगेको इतिहास छ 

 हेटौंडा पछिको प्रस्तुती भने बुटवलमा आयोजना हुनेछ  ‘रोज डे’ अर्थात् गुलाफ आदान प्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टर’मा ब्याण्डको प्रस्तुती रहनेछ  शनिबार समेत परेकाले बुटवल परपरका फराकिलो भेगलाई नेपथ्यले प्रेमिल मिलनको केन्द्र पनि तुल्याउने स्थानीय आयोजक बताउँछन् 

 त्यसपछिको प्रस्तुती भने नारायणघाटमा रहनेछ  त्यहाँस्थित ‘क्याम्पा चौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकहरुले संगीतमय साँझ अनुभव गर्नेछन् । यो फराकिलो मैदानमै तीन वर्षअघि पनि नेपथ्य प्रस्तुत भइसकेको छ । यसरी हेटौंडाबुटवल र नारायणघाट गरेर तीनवटै शहर तीन वर्षको अन्तरालपछि पुनः नेपथ्यलाई स्वागत गर्ने तयारीमा जुटेको हो 

 ब्याण्डको चौथो प्रस्तुती भने बेग्लै छ  विश्वभरिका प्रेमी प्रेमीकाहरुले फेब्रुअरीको १४ तारिख बेलुकी ‘भ्यालेन्टाइन्स डे’को रमाइलोमा आफुलाई डुबाइरहेको बेला नेपथ्य भने एउटा सुन्दर पहाडी नगरीमा गुञ्जिरहेको हुनेछ । पहिलोपटक नेपथ्य पुग्न लागेको त्यो नगरी हो बन्दीपुर  तलतिर पर्ने तनहुँ जिल्लाका अन्य बजारहरुमा आफुलाई बारंबार प्रस्तुत गरिसकेको ब्याण्डले यसपटक भने श्रोताहरुलाई मास्तिर रहेको टुँडिखेलमा आकर्षित गर्ने योजना लिएको छ । अवसरको खोजीमा बसाइँ सराइ गरेर नेवार ब्यापारीहरुले कुनैबेला बसालेको यो ब्यापारिक नाका राजमार्गको निर्माणसँगै ओझेलमा पर्दैगएको थियो  पछिल्लो समयभने जागरुक बन्दीपुरेहरुले यो शहरलाई पुरानो झल्को दिने सुन्दर पर्यटकीय केन्द्रका रुपमा विकास गरिसकेका छन् 

हामीले बारंबार आफुलाई प्रस्तुत गर्दैआएको तीनवटै शहरबाट सदैव आत्मीय माया पाउँदै आएका छौं र त्यताका दर्शकहरुसँग फेरि पनि भेट्न आतुर छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘भिडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपाला गायकको रुपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको छ ।’ गुरुङका अनुसार यो सुन्दर नगरीमा बसेकै बेला उनले लेखेका शब्दहरुलाई पनि ब्याण्डले गाउँदै आएको छ 

कन्सर्टहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न हेटौंडामा ‘रमाइलो इभेन्ट्स्’बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’नारायणघाटमा ‘नेपाल डायरीज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ले स्थानीय आयोजकको दायित्व सम्हालेका छन् । घोषणा लगत्तै टिकट काट्ने दर्शकहरुका निम्ति राखिएको सहुलियत दरका ‘अर्लि बर्ड टिकेट’ हरुमध्ये बुटवलनारायणघाट र बन्दीपुरको कोटा समाप्त भइसकेको जानकारी स्थानीय आयोजकहरुले दिएका छन् । यि सबै स्थानहरुमा विद्यार्थी लगायत विशेष समुहको निम्ति पनि सहुलियत दरका बेग्लै टिकट राखिएका छन्  सीमित मात्रामा राखिएका त्यस्ता टिकटहरु धमाधम सकिन लागेको जानकारी पनि उनीहरुले दिइरहेका छन् 

विश्वका ठूला सहरदेखि नेपालको सानो पहाडी बस्तीसम्म हेर्न आउने श्रोताहरुले नेपथ्यको स्वादमा एकरुपता पाउन् भनेर हामीले विशेष ध्यान दिँदैआएका छौं,’ ब्याण्डलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि यो गुणस्तरलाई कायम राख्न मानवीयदेखि लिएर प्रविधिसम्मका उच्चतम सेवा प्रयोगमा ल्याइनेछ ।’

 यसरी पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ