१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सौराहामा ‘सेभेन पोइन्ट टुर प्याकेज’



अ+ अ-

रत्ननगर । सौराहाका व्यवसायीले सौराहाबाहिरका चितवनका पर्यटकीय सात स्थानलाई समेटेर ‘सेभेन पोइन्ट टुर प्याकेज’ तयार पारेका छन् । ‘सेभेन पोइन्ट टुर प्याकेज’मा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष र त्यहाँ रहेका जङ्गली अखेटोपहारको सङ्ग्रहालय, बछ्यौलीको थारू सांस्कृतिक सङ्ग्रहालय, चित्रसारीको चित्रसेन बाबा मन्दिर, रत्ननगर जिरौनाको कृष्ण प्रणामी मन्दिर ९धर्मधाम०, भरतपुरको तीनखोले गुम्बा, देवघाटधाममा रहेको गलेश्वर आश्रम र नारायणी नदी किनार रहेका छन् ।

जङ्गल सफारीमा मात्रै सीमित देशकै तेस्रो पर्यटकीय गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गर्दै तयार उक्त नयाँ प्याकेज ल्याइएको हो । सयलाई व्यवसायीले सौराहाको ‘न्यू प्रोडक्ट’का रूपमा लिएको बताएका छन् । व्यवसायीको संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले यसको नेतृत्व लिएको छ । ‘सेभेन पोइन्ट टुर प्याकेज’को चर्चा धेरै अघिदेखि हुँदै आए पनि अहिले यसलाई कार्यान्वयनमा ल्याएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । भ्रमण वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई चितवनमा जङ्गल सफारी मात्रै नभई अन्य धार्मिक र सांस्कृतिक कार्यक्रम पनि छन् भन्ने देखाउनु उद्देश्य रहेको उनले बताए ।

सौराहाको पर्यटन साढे चार दशक वर्षदेखि जङ्गल सफारीमा मात्रै निर्भर थियो । नयाँ प्याकेजसँगै सौराहा आउने पर्यटकलाई धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ । अब निकुञ्ज घुम्न आउने पर्यटकलाई जङ्गल सफारीसँगै धार्मिक र सांस्कृतिक स्थानको पनि भ्रमण गराएर नयाँ पहिचान दिन खोजिएको हो, क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, “सातवटा महत्वपूर्ण स्थललाई समेटेर नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरिएसँगै जिल्लाभित्र आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरेका छौँ । ”

अखेटोपहार सङ्ग्रहालयमा वन्यजन्तुका अखेटोपहार अवलोकन गर्न पाइन्छ भने थारू सांस्कृतिक सङ्ग्रहालयमा चितवनका आदिवासी थारूका सस्कृति र रीतिरिवाज बुझ्न सकिन्छ । चित्रसेन, कृष्णप्रणामी मन्दिर, तीनखोले गुम्बा, नारायणी नदीको किनार र देवघाट जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्य हुन् । नारायणीमा सञ्चालनमा आउन लागेको क्रुज पनि चितवनको पर्यटनमा नयाँ प्रोडक्ट रहेको छ ।

२०२९ सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुपुर्व नै निकुञ्जभित्र २०२८ सालमा स्थापना भएको टाइगर टप्स होटलले चितवनमा जङ्गल सफारीमा पर्यटन भित्र्याउन लागेको हो । अहिले सौराहा र यस आसपासका क्षेत्रमा मात्रै जङ्गल सफारीमा आधारित १२० वटा ठूला होटल र ८० वटा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् । पर्यटनविज्ञ विश्व सुवेदी सौराहाले अघि सारेको सेभेन पोइन्ट टुर प्याकेजले चितवनकै प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। गोरखापत्र दैनिकबाट