१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम
अ अ+ अ-

गण्डकी। महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि आजदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ।

पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना गरिएको हो।

पर्यटन व्यवसायमा क्रियाशील महिलाको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने मूल लक्ष्यका साथ आयोजित तालिममा ८५ जना महिला पर्यटन व्यवसायी सहभागी रहेको टेवानका अध्यक्ष शोभा पाण्डेले जानकारी दिनुुभयो ।

पोखरामा टेवानमा आबद्ध १६२ जना महिला पर्यटन व्यवसायी रहेको जानकारी दिँदै उहाँले पछिल्ला समयमा पर्यटन व्यवसायतर्फको आकर्षण बढिरहेको बताउनुुभयो । तालिमको पहिलो दिन आज डा आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गर्दै शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राख्नुुभएको थियो ।

तालिमको दोस्रो दिन भोलि व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिने तालिम संयोजक मीना बरालले जानकारी दिनुुभयो । तेस्रो दिन साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सहजीकरण गर्नुहुने कार्यक्रम छ ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने धारणा राख्नुुभयो । पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । टेवानका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकाले यस्ता तालिम फलदायी हुने बताउनुुभयो । रासस