१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट गर्दा श्रीमतीको मृत्यु



अ+ अ-

सुदूरपश्चिम। कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताउनुभयो ।

कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उहाँले बताउनुभयो।

डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थालेको छ ।

यसैबीच जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा एक वर्ष कैद सजाय र रु एक हजार जरिवाना सुनाइएका फरार एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका–८ का २३ वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय र रु ३० हजार १५० जरिवाना तोकिएर फरार रहेका कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ ढैया टोलका ५० वर्षीय मदन नाथयोगी भनिने मदन विकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । रासस