१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली
अ अ+ अ-

गण्डकी।  “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भन्नुभयो, “क्यान्सरसँग जुध्न हिम्मत बटुलेँ, चुनौती र सङ्घर्षलाई रोजेँ ।”

साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गर्नुभएकी उहाँ आज सुदूरपश्चिम प्रदेशको अछाम पुग्नुभएको छ । साइकलयात्रामा उहाँ एक्ली भने हुनुहुन्न । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो ।

गत पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकलयात्रीको टोली गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ हुँदै केही दिनअघि लुम्बिनी प्रदेश प्रवेश गरेको थियो । क्यान्सर सचेतनाका लागि मध्यपहाडको करिब एक हजार ८०० किलोमिटर लामो साइकलयात्रा तय गरिएको चित्रकारले बताउनुभयो ।

“ठाउँठाउँमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । क्यान्सर रोगबाट प्रभावितलाई प्रेरणा र हौसला दिनु पनि हाम्रो यात्राको अर्को उद्देश्य हो”, उहाँले भन्नुभयो ।

काठमाडौँ निवासी चित्रकारलाई चार वर्षअघि स्तन क्यान्सर भएको थियो । तेस्रो चरणमा पुगेको अवस्थामा क्यान्सर पत्ता लागे पनि नियमित उपचारपछि उहाँले क्यान्सरलाई जित्नुभयो ।  नेपालमै गरिएको उपचारले आफू निको भएको चित्रकारले सुनाउनुभयो । “अहिले पनि क्यान्सरको नियमित जाँच र परीक्षण गराइरहनुपर्छ”, उहाँले भन्नुभयो, “क्यान्सर लाग्दैमा नआत्तिन सबैलाई आग्रह गर्छु । जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी भएर बाँच्नुपर्छ भन्ने सन्देश दिन यो यात्रामा हिँडेकी छु ।”

सिन्धुपाल्चोकका हर्क लामालाई पनि केही वर्षअघि पिसाब थैलीको क्यान्सर भएको थियो । क्यान्सर विजेता उहाँ हाल क्यान्सर सचेतनासँगै क्यान्सरका बिरामीको उपचार र हेरचाहमा तल्लीन हुनुहुन्छ । क्यान्सर प्रभावितले अस्पतालमा भोगिरहेका समस्या देखेपछि उपचार कोष बनाउने योजनाअनुसार मध्यपहाडी लोकमार्गको साइकलयात्रामा निस्किएको उहाँले बताउनुभयो ।

“समाजमा क्यान्सरलाई जुन खालको भय र त्रासको दृष्टिले हेरिन्छ, त्यसलाई चिर्न पनि यो साइकलयात्राले मद्दत पु¥याउँछ”, लामाले भन्नुभयो, “समयमा निदान र उपचार हुन सकेमा क्यान्सर निको हुन्छ र क्यान्सर विजेताले पनि अरू सरह जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।”

साइकलयात्रामा साइक्लिङ खेलाडी उषा खनाल, धुलिखेल अस्पतालका डा विकास पराजुलीलगायत सहभागी छन् । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा साइकलयात्रा तय गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमन ताम्राकारले बताउनुभयो । आज अछाम हुँदै डोटी पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

२८ दिनको साइकलयात्राले २४ दिन पार गरिसकेको र बैतडीको झुलाघाट पुगेर यात्रा टुङ्गिने प्राडा ताम्राकारले बताउनुभयो । “यस बीचमा ११ जिल्लाका १३ स्थानमा क्यान्सर सेचतनाका कार्यक्रम गरेका छौँ, करिब एक हजार ७०० नागरिक यसबाट लाभान्वित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्थासँग समन्वय गरिरहेका छौँ ।”

साइकलयात्राका क्रममा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सरलगायत विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको हो । यात्राका माध्यमबाट धुलिखेल अस्पतालमा क्यान्सर उपचार कोष स्थापना गरिने र सङ्कलन भएको रकममा अस्पतालले थप ५० प्रतिशत रकम उपलब्ध गराउने प्राडा ताम्राकारले बताउनुभयो ।

उहाँका अनुसार क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत कोषका लागि सहयोग सङ्कलन भइरहेकामा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भइसकेको छ । धुलिखेल अस्पतालमा क्यान्सरको उपचारका लागि आउने विपन्न परिवारका सदस्यलाई कोषबाट सहयोग प्रदान हुने प्राडा ताम्राकारले बताउनुभयो ।

साइकलयात्राका क्रममा सङ्कलन भएको रकम आगामी फेबु्रअरी ४ मा हुने विश्व क्यान्सर दिवसका दिन अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको साइकलयात्रालाई जोडेर क्यान्सर विजेताको जीवन–कथालाई वृत्तचित्रमा पनि उतारिने प्राडा ताम्राकारले जानकारी दिनुभयो ।