१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अध्यागमन विभागद्वारा एफएनएमआइएससम्बन्धी अन्तरक्रिया

अध्यागमन विभागद्वारा एफएनएमआइएससम्बन्धी अन्तरक्रिया
अ अ+ अ-

काठमाडौँ। अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास र नियोगका कन्सुलरसँग विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) का सम्बन्धमा अन्तरक्रिया गरेको छ । आज काठमाडौँमा कन्सुलर विभागको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

नेपालको अध्यागमन विभागले विदेशी नागरिकको अनुगमनका सम्बन्धमा विकास गरेको प्रणालीमा एकरुपता कायम गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालस्थित विभिन्न नियोगका प्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीबाट सङ्कलित तथ्याङ्कले विदेशी नागरिकको सुरक्षाका साथै अनुसन्धानका लागि आवश्यक सूचनाको उपलब्धतामा सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणाली आपतकालीन अवस्थामा उद्धार प्रयोजनका लागि उपयोग हुने उहाँको भनाइ छ ।

यस प्रणाली कार्यान्वयन भएपश्चात् विभागले विदेशी नागरिकबाटवा सेवा प्रदायकबाट थप सूचना माग नगर्ने भएकाले विदेशी नागरिकलाई थप दायित्व सिर्जना नहुने महानिर्देशक तिवारीले धारणा राख्नुभयो ।

कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले नेपाल पक्ष राष्ट्र भएर गरिएका सम्झौता अनुरुप अन्तरराष्ट्रिय दायित्व पूरा गर्न उक्त प्रणाली विकास भएको बताउनुभयो । उहाँले यस प्रणाली कार्यान्वयन भएसँगै व्यक्तिगत तथ्याङ्कको सुरक्षाको प्रत्याभूति हुने भन्दै विदेशी दूतावास/नियोगलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

विभिन्न मुलुकका नेपालस्थित नियोगका प्रतिनिधिहरूले प्रणालीको सञ्चालन, नियोगबाट अपेक्षा गरिएको भूमिका, तथ्याङ्कको सुरक्षा, नेपाल प्रवेश गर्ने विदेशी नागरिकले बहन गर्नुपर्ने थप जिम्मेवारीलगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विकास गरेको एफएनएमआइएस कार्यान्वयनमा आइसकेको जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत पुस १७ मा उक्त प्रणालीको शुभारम्भ गर्नुभएको थियो ।

यो प्रणाली पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू गरिएको छ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरसहित क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुनेगरी लागू गरिने कार्ययोजना छ ।

उक्त सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै निकाय प्रणालीमा दर्ता हुनुपर्ने विभागले जनाएको छ ।

पहिलो चरणमा उपत्यकाका तारे होटेलमा अनिवार्य गरिएपनि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवं निजी कम्पनी अग्रीम रूपमा यस प्रणालीमा आबद्ध हुनसक्ने अध्यागमन विभागका महानिर्देशक तिवारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म विदेशी नागरिकलाई सेवा प्रदान गर्ने विभिन्न प्रकृतिका एक हजार ५०० भन्दा बढी निकाय उक्त प्रणालीमा आबद्ध भइसकेका छन् ।

सेवा प्रदायक निकाय र सरोकार भएकाहरूसँग विभिन्न चरणमा छलफल गरी विकास गरिएको उक्त प्रणालीको सम्बन्धमा विभिन्न प्रदेशलक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो । उहाँका अनुसार विभागले यसअघि चितवनमा अन्तरक्रिया गरिसकेको छ । रासस