६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

पाथीभराको ३१७ रोपनी जग्गा ८० वर्षसम्म यतीलाई सित्तैमा

पाथीभराको ३१७ रोपनी जग्गा ८० वर्षसम्म यतीलाई सित्तैमा
अ+ अ-

केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन् । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन् । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ ।

सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ । विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए । आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेका उनले केबलकारका पोलहरू राख्ने र माथिल्लो स्टेसन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् ।

यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो । यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, तीन सय १७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको छ । पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथमा पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली ०५१ मा गृहमन्त्री हुँदा बरुवाल पिए थिए । यती समूहले लगानी गर्ने केबलकारमा बरुवाललाई पनि सञ्चालक बनाइएको छ ।

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए । पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने शेर्पाको इच्छा थियो । तर, दुर्भाग्यवश हेलिकोप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भयो । केन्द्र सरकारको प्रत्यक्ष निर्देशनमा केबलकार सञ्चालनका लागि अनुमति दिँदा फुङलिङ नगरपालिकाले यतीबाट जम्मा १२ लाख रुपैयाँ शुल्क लिएको छ । तर, तीन सय १७ रोपनी सरकारी जग्गा ८० वर्षसम्म सञ्चालन गर्न अनुमति दिँदा सरकारले एक रुपैयाँ पनि शुल्क तोकेको छैन ।

‘केबलकार सञ्चालन हुन थालेपछि कति रकम दिने भन्ने विषयमा भविष्यमा सहमति हुनेछ,’ फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने । कानुनतः केबलकार सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई छैन । नेपाल सरकार कार्यसञ्चालन नियमावली २०७४ मा रज्जुमार्ग (केबलकार) सम्बन्धी नीति, कानुन र मापदण्ड बनाउने अधिकार संघीय मामिला मन्त्रालयलाई हुने उल्लेख छ । तर, मन्त्रालयले हालसम्म त्यस सम्बन्धमा कुनै कानुन वा नियम नबनाएको सचिव यादवप्रसाद कोइरालाले बताए । ‘केबलकार सञ्चालन गर्न अनुमति स्थानीय तहले नै दिन पाउने व्यवस्था गरी हालसम्म कुनै कानुन बनेको छैन । त्यसैले स्थानीय तहले अनुमति दिनै मिल्दैन । त्यसरी अनुमति दिइएको छ भने स्वतः खारेज हुन्छ,’ उनले भने ।

तर, केन्द्र सरकारको राजनीतिक प्रभावमा फुङलिङ नगरपालिकाले भने द्रुत गतिमा एक साताभित्रै सबै प्रक्रिया पूरा गरेर यती समूहको लगानी भएको कम्पनीलाई केबलकार सञ्चालनको अनुमति दिएको थियो । ६ जेठ ०७५ मा नगर कार्यपालिकाले ‘यात्रु रज्जुमार्ग सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेर एक साताभित्रै पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई सञ्चालनको अनुमतिपत्र दिएको थियो । जब कि, नगरपालिकाले यस्तो कार्यविधि नगरसभाबाट मात्र पारित गर्न सक्छ । ६ जेठमा कार्यविधि बनाएको नगरपालिकाले ९ जेठमा आवेदन मागेको थियो ।

यती समूहको लगानी भएको पाथीभरा देवी दर्शन प्रालिलाई नगरपालिकाले १३ जेठमा अनुमतिपत्र दिएको थियो । नगरपालिकाको यो निर्णयअनुसार वडा नं. ११ काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्मको करिब चार किलोमिटर केबलकार सञ्चालन गर्ने अनुमति यतीलाई दिइएको छ । केबलकार निर्माण र सञ्चालनको अनुमति दिनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्छ । तर, यतीलाई केबलकारको अनुमति दिँदा केही गरिएको छैन । इआइए नै नगरी ६ हजार ६ सय २१ रूख काट्ने तयारी गरिएको छ ।

केबलकारमा पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष पुष्प बरुवाल, आङछिरिङका दाजु लाक्पा सोनाम शेर्पा, नागरिक उड्डयन प्राधिकरणका पूर्वसञ्चालक सदस्यसमेत रहेका ईश्वरी पौडेल र तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठको लगानी छ । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा उपल्लो फेदीदेखि केबलकार निर्माण गर्न लागिएको हो । यहाँ पुग्न झापाको बिर्तामोडबाट इलामको फिदिम हुँदै दुई सय ७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी सुकेटारतर्फ जानुपर्छ । तल्लो फेदीसम्म मोटरबाटो पुगेको र माथिल्लो फेदीमा पनि मोटरबाटो पुर्याउने तयारी छ ।

केबलकार साझेदार ध्रुवनारायण श्रेष्ठ भन्छन्– बेस स्टेसन मेरो जग्गामा छ, पोलहरू र माथिल्लो स्टेसन सरकारी जग्गामा बन्छन्, यती समूह साझेदार हो

विराटनगर नगरपालिकाका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले केबलकार सञ्चालन गर्न पाथीभरा देवी दर्शन प्रालि दर्ता गरेका थिए । पाथीभराको तल्लो फेदीमा उनको ९५ रोपनी जग्गा छ, जहाँ केबलकारको ‘बेस स्टेसन’ प्रस्ताव गरिएको छ । त्यसभन्दा माथि ३१७ रोपनी जग्गा केबलकारका लागि प्रयोग हुन्छ । उनको राजनीतिक हैसियतले मात्र यो जग्गा प्राप्त हुन सकेन । यति धेरै जग्गा प्राप्त गर्न यती समूह नै अगाडि आउनुपर्यो ।

‘बेस स्टेसन’ बनाउन उनको जग्गा प्रयोग हुने हुनाले ध्रुवनारायणलाई पनि यती समूहले साझेदार बनाएको छ । सरकारको ३१७ रोपनी जग्गा भने यती समूहले सित्तैमा लिएको छ । ‘केबलकार स्टेसन बस्ने पाथीभराको तल्लो फेदीमा मेरो जग्गा प्रयोग हुन्छ । तर, पोलहरू र माथिल्लो स्टेसन सरकारी जग्गामा बन्छन् । मैले एक्लै सञ्चालन गर्न सकिनँ, त्यसैले यती समूह स्वतः साझेदार भएको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट