१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अमेरिकी दबाबबीच पुटिनले अमेरिकी कुटनीतिज्ञसँग भेट्ने

अमेरिकी दबाबबीच पुटिनले अमेरिकी कुटनीतिज्ञसँग भेट्ने
फाइल फोटो
अ अ+ अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्नुभएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार समाचार संस्था, आरबिकेसँग भन्नुभयो, “भोलिका लागि यस्ता सम्पर्कहरू राष्ट्रपतिको तालिकामा छन्।”

विटकोफले डाभोसमा हुने विश्व आर्थिक मञ्चबाट बिहीबार राति ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँगै मस्को जाने योजना रहेको बताउनसभएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस–युक्रेन द्वन्द्वलाई अन्त्य गर्ने विषयमा वार्ता गर्ने जिम्मेवारी दुवै अधिकारीलाई दिनुभएको छ ।

विटकोफले ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “जेरेड र म बिहीबार राति मस्को पुग्नेछौँ र त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) पुग्नेछौँ ।

विटकोफले भन्नुभयो, “रूसले बैठकको लागि अनुरोध गरेको थियो र दुई पक्ष सम्झौताको अन्तिम ‘१० प्रतिशत’ बिषयमा छलफल हुनेछ।”

उहाँले बुधबार युक्रेनी पक्षका अधिकारीहरूसँग भेट गर्ने बताउनुभएको छ।

संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व (युक्रेन युद्ध) अन्त्य गर्न सम्झौता गर्ने प्रयासहरू तीव्र पारेको छ ।

युक्रेनले सम्झौताको ‘९० प्रतिशत’ सहमति भएको बताएको छ तर रूसद्वारा कब्जा गरेको भनिएका भूभाग नै छोड्ने प्रश्न लगायतका प्रमुख पेचिला मुद्दाहरू अझै पनि समाधान हुन सकेका छैनन् ।

किएभले युद्धपछिको सुरक्षा सुनिश्चिततामा आफ्ना सहयोगीहरूबाट पनि स्पष्टता खोजिरहेको छ, जुन उसले मस्कोलाई नयाँ आक्रमण सुरु गर्नबाट रोक्नको लागि महत्त्वपूर्ण रूपमा हेर्छ ।

यो वार्ता मस्कोको आक्रमणको चौथो वार्षिकोत्सवको रूपमा आएको छ र मस्कोले हिउँदभरि युक्रेनको ऊर्जा सुविधाहरूमा प्रहार गरेको छ ।(रासस/एएफपी)