३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक

निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक
अ+ अ-

काठमाडौँ । निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ‘माईअभियान’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक भएको छ ।

www.myabhiyan.com नामक प्लेटफर्ममार्फत उम्मेदवारका लागि मतदाता बुझाइ, डिजिटल सञ्चार, सामाजिक सञ्जाल पोष्टिङ, मतदाता विश्लेषण, एआई सहायता सन्देशलगायतका सुविधालाई एउटै प्रणालीमा समावेश गरी निर्वाचन अभियान व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइजेसन गर्न सकिने छ ।

‘एकाई बेरी टेक्नोलोजी प्रालि’ले तयार गरेको सो प्लेटफर्मले निर्वाचन क्षेत्रको जनसाङ्ख्यिकी र अघिल्ला चुनावी नतिजाहरूको गहिरो विश्लेषण गर्ने, मतदाताको राजनीतिक झुकावका आधारमा वर्गीकरण गर्ने, दोधारमा रहेका मतदातालाई समर्थकका रुपमा बदल्न वातावरण सिर्जना गर्ने र वडा तह तथा मतदान केन्द्रसम्मको जानकारीलाई ‘डेटा’मा आधारित भई व्यवस्थित गर्न सहयोग पु¥याउने स्पष्ट गरेको छ ।

सो कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त कार्कीका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारका लागि आवश्यक सबै रणनीतिक सुविधाहरूलाई एउटै छातामुनि समेटेकाले उम्मेदवारले आफ्ना कार्यकर्ता र स्वयम्सेवकहरूलाई डिजिटल माध्यमबाटै जिम्मेवारी सुम्पिन र उनीहरूको कार्यप्रगतिको प्रत्यक्ष निगरानी गर्न ‘माईअभियान’ प्लेटफर्म उपयोगी माध्यम हुनेछ ।

कम्पनीले एआई प्रविधिमा आधारित स्मार्ट प्लेटफर्ममार्फत आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारको चुनावी अभियानलाई सहज, व्यवस्थित,परिणाममुखी बनाउने सहयोग पुग्ने विश्वास लिएको छ ।