१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रत्यक्ष निर्वाचनमा होमिएका महिला उम्मेदवार भन्छन् : अब हामी देश सम्हाल्छौँ

प्रत्यक्ष निर्वाचनमा होमिएका महिला उम्मेदवार भन्छन् : अब हामी देश सम्हाल्छौँ
अ अ+ अ-

काठमाडौँ। मङ्गलबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुन्ती पोखरेलले भन्नुभयो, “म छोरी हुँ ।

घर समाजसँगै आवश्यकता परे देश पनि सम्हाल्न सक्छु ।” उहाँले देशलाई फरक विचार आवश्यकता रहेकाले समाज रूपान्तरणका लागि राजनीतिमा होमिएको बताउनुभयो । कुन्ती अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यतिबेला उहाँ पराजित हुनुभयो ।

त्यो अनुभवबाट धेरै सिकेको उहाँ बताउनुहुन्छ । काठमाडौँ, क्षेत्र नं–२ बाट उम्मेदवारी दिनुभएका उहाँले भन्नुभयो, “हामी महिला, सधैँ पहिला ।” महिला र पहिलाकै अवधारणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट अस्मिता थापाले पनि ओखलढुङ्गाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मनोनयन दर्ता गराउनुभएको छ । उहाँ २०७९ मा स्थानीय तह निर्वाचनमा ओखलढुङ्गाको लिखु गाउँपालिकाको उपाध्यक्षमा सबैभन्दा कम उमेरको जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको थियो ।

हाल उमेरले २९ वर्षीया थापाले युवा पुस्ताको आवाज र पाका पुस्ताको सम्मान गर्दै विकास निर्माणमा जोड दिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “युवा पुस्ता र पाका पुस्ताको समिश्रणले नयाँ रूपान्तरण सम्भव छ ।” राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट रञ्जु दर्शना काठमाडौँ, १ बाट उम्मेदवारी दिनुभएको छ । दर्शनाले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्षमा उम्मेदवारी दिनुभएको हो । विसं २०६७/६८ देखि विवेकशील नेपाली दलबाट दर्शनाको राजनीतिक यात्रा सुरु भएको थियो ।

विसं २०७४ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको प्रमुख पदमा प्रतिस्पर्धा गर्दा उहाँको निकै चर्चा भएको थियो । दर्शनाले राजनीतिलाई आफूले सके सफा गर्ने नसके फोहर नगर्ने भनेर प्रवेश गरेको बताउनुभयो । मुलुक बनाउन नयाँ धारसहित युवा र नवीन सोच विचारको आवश्यकता रहेको उहाँको भनाइ छ । गर्भवती अवस्थामा रहनुभएकी दर्शना देशको भविष्य सुनिश्चित गर्न असल राजनीतिक चरित्र आवश्यक रहने धारणा राख्नुहुन्छ ।

नेपाली कांग्रेसबाट झापाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गर्नुभएकी सरिता प्रसाइँले राजनीतिमा महिलाको मुद्दा मात्रै नभइ समग्र मुद्दालाई उठान गर्न सक्नुपर्ने बताउनुहुन्छ । नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलहुँदै कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ संविधानसभामा सभासददेखि राष्ट्रियसभामा मुख्य सचेतकसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

नेपाली कम्युनिष्ट पार्र्टी(नेकपा)बाट मेनुका भण्डारी (कृतु) ले काठमाडौँ, क्षेत्र नं १ मा मनोनयन दर्ता गराउनुभएको छ । चुनाव जित्ने सम्भावनाबारे उहाँले आफ्नै ठाउँका छोरी र बुहारीलाई अघि बढाउने जिम्मेवारी जनताकै हातमा रहेको प्रतिक्रिया दिनुभयो ।

महिला उम्मेदवार जिताउन किन जरुरी ?

उम्मेदवारी दिएका अधिकाश महिलाले महिला र पुरुष उम्मेदवारमा के फरक ? भन्ने प्रश्नको सामना गर्नुपरेको बताउँछन् । अधिकारकर्मी सरु जोशीसँग यसको जवाफ सरल र बहुआयामिक तर्क छ । उहाँ लामो समयदेखि नेतृत्व तहमा महिलालाई पुर्याउनुपर्छ भन्ने अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले विभिन्न अध्ययनहरुबाट महिला नेतृत्व हुन सकेमा भ्रष्टाचार शून्य, स्थायी सुशासन, राज्य व्यवस्थापनमा कुशलता, शान्तिपूर्ण वातावरणमा काम गर्नसक्ने क्षमता, धैर्यता र आत्मविश्वासलगायतका गुण देखिने पुष्टी भइसकेको बताउनुभयो ।

“घरदेखि परसम्मै व्यवस्थापन गर्न सक्षम महिलाको अभ्यासले राज्य सम्हाल्न सक्ने क्षमता नहुने कुरै भएन”, उहाँ भन्नुहुन्छ, “महिला सक्षम छन्, एक पटक अवसर दिएर हेर्नुपर्छ ।” आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएकामा तीन हजार ८९ पुरुष र ३९६ महिला र अन्यमा एक जनाले दर्ता गरेका छन् । यस अघिका २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र र राजनीतिक पार्टीसहित जम्मा २३५ जनाले निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए । जसमा सबैभन्दा बढी ५८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । विगतको तुलनामा यो पटक महिला उम्मेदवार तुलनात्मक रूपमा बढ्दो छ ।रासस