१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा १० जनाको उम्मेदवारी



अ+ अ-

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाको उम्मेदवारी परेको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।

नेकपा (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताउनुभयो ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल बिक्रम शाही र नेकपा (माओवादी)बाट बिर्खबहादुर शाहीले उम्मेदवारी दिँदा भक्त बहादुर रावलले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।