२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सवारीहरु कारबाहीमा पर्दै, खटिए प्रहरीका ४० युनिट



अ+ अ-

ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन् । प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ । एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भए नभएको सूचना संकलन हुनेछ ।

भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ । महाशाखा प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा भाडासम्बन्धी गुनासो धेरै आउने गरेकाले नियन्त्रणका लागि अभियान चालिएको बताए । उनले भने, ‘उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडासम्बन्धी धेरै गुनासो आए । प्रारम्भिक रूपमा अध्ययन गर्दा कतिपय सवारीसाधनले सरकारी भाडादर लागू नगरेको पाइयो । यसलाई रोक्न हामीले सरोकारवालासँग छलफल गर्‍यौँ ।

सोही छलफलपछिको निचोडमा भाडा अनुमगन अभियान थाल्यौँ ।’ यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकअनुसार बागमती अञ्चलमा भाडाको सवारीसाधन मात्रै ६८ हजार एक ६५ दर्ता भएका छन् । जसमध्ये बस/ट्रकको संख्या ४८ हजार दुई सय ८२ छ । डोजर पावर ट्रेलर १३ हजार पाँच सय ५३, टेप्पोरमाइक्रो ६ हजार तीन सय ३० र ट्याक्सी करिब १० हजारको संख्यामा दर्ता छन् । जसमध्ये ९० प्रतिशत सवारीसाधन दैनिक चल्ने गर्छन् ।

तर, सरकारले तोकेको भाडादरअनुसार यात्रुलाई सेवा दिने सवारीसाधन भने निकै कम छन् । महाशाखाका अनुसार पहिलो चरणमा बस, माइक्रो, ट्याक्सी र टेम्पोमा भाडादर कार्यान्वयन अभियान चलाइनेछ । दोषी देखिए कारबाही गरिने प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी ढकालले भने,‘पहिलो चरणमा भाडादर कार्यान्वयन अयिभान बस, माइक्रो, ट्याक्सी र टेम्पोमा लागू गरिनेछ ।

कम्तीमा मासिक ६ करोड ठगी: ७ असोज ०७५ देखि उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडा बढेको छैन । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उपत्यकाभित्र चार किमिसम्मको यात्राका लागि १४ रुपैयाँ भाडा तोकिएको छ । सरकारले यसलाई न्यूनतम भाडादर भनेको छ । तर, सार्वजनिक सवारीसाधनले गाडी चढेलगत्तै यात्रुसँग १५ रुपैयाँ भाडा असुल्दै आएका छन् । एकपटकको यात्रामा न्यूनतम एक रुपैयाँ ठगिँदै आएका छन् । यस आधारमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनले मात्रै प्रतिमहिना न्यूनतम ६ करोड रुपैयाँ ठग्ने गरेको प्रहरीको अनुमान छ । नयाँ पत्रिका दैनिकबाट

विभागका अनुसार उपत्यकामा १० हजार तीन सय ठूला गाडी गुड्छन् । मिनिबस नौ हजार पाँच सय गुड्छन् । चक्रपथ क्षेत्रमा सेतो र नीलो गरेर पाँच हजार माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो गुड्छन् । एउटा ठूलो गाडी औसतमा दैनिक चारपटक ओहोर–दोहोर गर्छ । सरदर सिट संख्या २५ मान्दा १० हजार तीन सयवटा ठूला गाडीले दैनिक ४१ हजार दुई सयपटक यात्रा गर्दा १० लाख ३० हजार यात्रुलाई सेवा दिन्छन् । एक रुपैयाँका दरले यात्रुबाट असुल्दा उनीहरूले एकै दिन १० लाख ३० हजार रुपैयाँ ठगी गर्छन् । नौ हजार पाँच सय मिनिबस दैनिक सरदर चारपटकसम्म ओहोर–दोहोर गर्छन् ।

मिनिबस दैनिक ३८ हजारपटक यात्रा गर्छन् । सिट क्षमता सरदर २० मान्दा दैनिक सात लाख ६० हजार यात्रुलाई सेवा दिन्छन् । उनीहरूबाट एक रुपैयाँका दरले बढी भाडा असुल्दा सात लाख ६० हजार रुपैयाँ नै ठगी गर्छन् । उपत्यकाभित्र दैनिक सात हजार माइक्रोबस र टेम्पु चल्छन् । उनीहरूले आफ्नो रुटमा दैनिक कम्तीमा चारपटक ओहोर–दोहोर गर्छन् । एउटा माइक्रोरटेम्पोले एकपटकको रुट यात्रामा कम्तीमा १० जना यात्रुलाई सेवा दिँदा सात हजार माइक्रोरटेम्पोले चारपटकको रुट यात्रामा कम्तीमा दुई लाख ८० हजार यात्रुलाई सेवा दिन्छन् ।

प्रत्येक यात्रुबाट एक रुपैयाँ बढी असुल्दा उसले पनि प्रत्येक दिन दुई लाख ८० हजार रुपैयाँ नै ठगी गर्छन् । ठूला बस, मिनिबस र माइक्रोले मात्रै यात्रुबाट दैनिक २० लाख ७० हजार रुपैयाँ ठगी गर्छन् । यही दरमा उनीहरूले प्रतिमहिना न्यूनतम पनि ६ करोड २१ लाख रुपैयाँ ठग्ने गरेका पुष्टि हुन्छ । नयाँ पत्रिका दैनिकबाट