६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री

दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्। ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका सम्हालेका थिए। दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए।

कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्‍यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन,’ प्रधानमन्त्री ओलीले भने। उनले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकांकमा नेपाल गत वर्षको तुलनामा १६ औं स्थान माथि उक्लिएको उल्लेख गरे। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल अहिले १६औं स्थान उक्लिएर ९४ औं स्थान कायम राख्न सफल भएको थियो।

त्यसैगरी राष्ट्रसंघको मानव विकास सूचकांकमा पनि नेपाल १४९ स्थानबाट दुई स्थान सुधार गरेर अहिले १४७ स्थानमा उक्लिएको प्रधानमन्त्रीले जानकारी दिए। विश्व भोकमरीको सूचकांकमा अहिले नेपाल ७३ औं स्थानमा रहेको प्रधानमन्त्रीले बताए। ‘यो उल्लेख्य सुधार हो। हामीले सडक–बालबालिकाको अन्त्य गरेका छौं। कोही खान नपाएर भोकै मर्नपर्ने अवस्था अन्त्य गरेका छौं। यो विश्वका लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने। उनले शान्तिसुरक्षामा नेपाल चीन, भारत र बंगलादेशभन्दा राम्रो स्थानमा रहेको पनि बताए।

‘ग्लोबल पिस इन्डेक्समा नेपालले यस वर्ष १२औं स्थान सुधार गरेको छ। एक सय ६५ देशमध्ये नेपाल ७६औं स्थानमा उक्लिएको छ। बंगलादेश १०१, चीन ११०, भारत १४१, पाकिस्तान १५४औं स्थानमा छ। यो हाम्रो स्थिति धेरै राम्रो हो। हामी धेरै अगाडि आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘अझ यसलाई हामी निकट भविष्यमा राम्रो अवस्थामा पुर्‍याउन सक्छौं। केही टावर पड्काउने, चन्दा लिने, दुःख दिने नाउँमा भइरहेका गतिविधि नियन्त्रण गर्दैं गइरहेका छौं।’ ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने, पारदर्शिता कायम गर्ने र विधिको शासन स्थापनामा पनि नेपालले उल्लेख्य सुधार गरेको विश्वका विभिन्न सूचकांक प्रस्तुत गरे।

उनले भने, ‘विधिको शासन स्थापनामा नेपाल दुई स्थान माथि उक्लिएको छ। हामी क्रमशः माथि जाँदै छौं। भ्रष्टाचार र पारदर्शितामा ११औं स्थानमा माथि उक्लिएका छौं।’ प्रधानमन्त्री ओलीले खुसी सूचकांकमा तीन तह माथि उक्लिँदै ११औं स्थानमा रहेको, आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्यांकनसम्बन्धी विश्व सूचकांकमा एक तह माथि उक्लिएको र विश्व प्रतिस्पर्धात्मक सूचकमा पनि एक स्थान माथि उक्लिएको जानकारी दिए। उनले लैंगिक समानता सूचकमा पनि नेपालले गत वर्षभन्दा सुधार गरेको बताए।

बेलायतबाट प्रकाशित हुने चर्चित साप्ताहिक पत्रिका ‘द इकोनोमिस्ट’ लाई समेत उद्धृत गर्दै प्रधानमन्त्री ओलीले नेपाल उच्च आर्थिक वृद्धि गर्ने मुलुकमा रहेको, लगानी सम्मेलनमार्फत वैदेशिक लगानी प्रतिबद्धता १३२.५ प्रतिशत बढेको पनि प्रधानमन्त्री ओलीले बताए। व्यापार घाटा ६.३ प्रतिशतले घटेको पनि प्रधानमन्त्रीको भनाइ थियो। आफ्नो सम्बोधनका क्रममा उनले सरकारले कामको नतिजाबाटै प्रभावकारिता देखाइरहेको बताए। लोकतन्त्रप्रति सरकार र पार्टीको निष्ठामा अनावश्यक प्रश्न उठाइएको भन्दै ओलीले कम्युनिस्ट सरकार र पार्टीसँगको वैचारिक पूर्वाग्रहका आधारमा त्यस्तो प्रचार गरिएको बताए।

उनले प्रेस स्वतन्त्रतामा नेकपा सरकारका विषयमा कुरा उठाउनु निरर्थक भएको पनि बताए।प्रधानमन्त्रीले आगामी चुनावमा जाने बेलासम्म सरकारले गरेका कामको जनताले नै अनुभूति गर्न पाउने दाबी गरे। पार्टीभित्र आफ्नो आलोचना बढ्न सक्नेतर्फ संकेत गर्दै उनले त्यसलाई पनि आफूले पचाउने संकेत गरे। उनले भने, ‘मेरो सन्दर्भमा कुनै आलोचना–टिप्पणी छ भने गरे हुन्छ, सच्याउन सकिन्छ। तर त्यस प्रकारको वैयक्तिक असन्तुष्टिले आन्दोलनलाई फाइदा पुग्दैन।’ अन्नपुर्णपोष्ट दैनिकबाट