२१ भाद्र २०८३, आईतवार
,
Latest
आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेक फेष्ट काठमाडौं इभेन्ट सुरु (भिडियो सहित)



अ+ अ-

काठमाडौं । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ । 

विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् । केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताउनुभयो । शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाँउ पसिरहेको छ । हरेक उत्शवमा अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । आजबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुषालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘केकको कल्चर, बेकरीको कल्चर कस्तो छ अहिले नेपालमा सबै बेकरीको आफ्नै प्रकारको शैली छ । सबै बेकरीमा के फरक छ र हरेक बेकरीबाट मानिसहरुले के–के बुझ्नुपर्छ भन्ने झल्काउन खोजेको हो ।’

बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ । 




भर्खरै