१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

अध्ययन गर्न रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन

अध्ययन गर्न रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए ।

बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन् ।” दिनेशका बुबा कर्णसिंहले भन्नुभयो, “१०–१५ दिनका लागि युद्धमा जान्छु आएपछि फोन गर्छु भन्थ्यो, १०–१५ दिनको अन्तरमा फोन गर्ने गथ्र्यो, तर विसं २०८० मङ्सिर १० गतेपछि छोरासँग सम्पर्क हुन सकेको छैन ।” सोही मितिमा अन्तिम पटक छोरासँग सम्पर्क भएको थियो । त्यसयता दिनेशका आमा बुवा विक्षिप्त छन् ।

परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन । पढाइका लागि भनेपछि ऋण खोजेर विदेश पठाइएको छोरा सम्पर्कविहीन भएपछि परिवारमा छोराको चिन्ता छ छँदैछ, ऋण तिर्ने चिन्ताले पनि पिरलेको छ । रुस पुगेपछि कलेजमा भर्ना भएका दिनेश बिदाको समय मिलाएर काम गर्न थालेका थिए ।

एक महिना काम गरेर घरमा नेपाली रु ५० हजार पठाएको बुवाले बताउनुभयो । “भदौ १२ गते फोन गरेर रसियन आर्मीमा भर्ना भएको सुनायो, त्यतिबेलै चिन्ता लाग्न थालिसकेको थियो”, बुवा कर्णले भन्नुभयो, “प्रलोभनमा परेर हाम्रो कुरा टारेर रुसी सेनामा गयो ।”

दिनेशका मामाका छोरा रोहनसँगै अध्ययनका लागि रसिया गएका थिए । रोहन दिनेशभन्दा एक महिनाअघि त्यहाँको सेनामा भर्ति भएका थिए । रोहनलाई देखेर दिनेश सेनामा भर्ना भएको बुवा कर्णसिंहले बताउनुभयो । “रोहन नौ महिनामा भागेर घर फर्कियो, मेरो छोराको अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो, “छोराको खोजीका लागि सरकारसँग हारगुहार गर्दा हालसम्म पहल भएको छैन ।”

उहाँले छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले दिनेशलाई नेपाल फिर्ता पठाउन आवश्यक पहल गरिदिन विसं २०८१ साउन १४ गते मस्कोस्थित नेपाली दूतावासलाई पत्राचार गरिसकेको छ । तर, अहिलेसम्म थप जानकारी परिवारले पाउन सकेको छैन । रासस