२१ भाद्र २०८३, आईतवार
,
Latest
आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यान, सूचना केन्द्र र पदमार्ग उद्घाटन



अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा निर्माण भएका तीन योजना एकसाथ उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार र वडा कार्यालयको लगानीमा बनाइएको घाङ्च ल्हुम (अग्लो ढुङ्गा) पक्षी एवं वनस्पति उद्यान, पर्यटन सूचना केन्द्र भवन र धन्दुर इको पदमार्ग एकसाथ बुधबार गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो । 

गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा अग्लो ढुङ्गासहितको उद्यान निर्माण गरिएको थियो । मगर भाषामा अग्लो ढुङ्गालाई घाङ्च ल्हुम भनिन्छ । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए। झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । तीनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो ।उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत व्यहोेरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । 

सोही ठाउँमा रु २० लाखको लागतमा धन्दुर इको पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा रेलिङसहितको चार सय मिटर सिँढी निर्माण गरिएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म निर्माण गरिएको पदमार्गले सर्वसाधारणलाई सहज हुने उहाँले बताउनुभयो । 

निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ थियो । मोहोरियामै रु १९ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ । केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिनेछ । (रासस)




भर्खरै