९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनः साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गर्नुभएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण ९सबुज० बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा गर्नुभएको थियो ।

नेपाली काँग्रेसका नेताहरुको उद्घाटनसत्रका क्रममा मन्तव्य राख्ने र सहभागी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गर्ने क्रम अहिले पनि जारी छ ।