२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मन्त्र’ को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनीत चलचित्र ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको छ । चलचित्रका मुख्य कलाकारसँगै अभिनेता सौगात, बुद्धि तामाङ, दिया पुनलाई देखाइएको ट्रेलरले गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएको छ ।

मनास्लु क्षेत्रमा पहिलोपटक छायांकन गरिएको चलचित्रका दृश्यले दर्शकको मन जित्ने निर्माण पक्षले जिकिर गरेको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको यो चलचित्रले हिमाली विषय र प्रेम कथा बोल्छ । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको समेत मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सहनिर्मातामा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ रहेका छन् ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ वर्ष २०७७ को छेको पारेर प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।