३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा
अ+ अ-

एजेन्सी । युक्रेनका प्रमुख सहयोगीहरूले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ ।

दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकहरूको समूहको शिखर सम्मेलनलाई “कोएलिशन अफ द विलिङ“ भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको बैठक मध्ये पछिल्लो हो ।

छलफलका लागि २७ राष्ट्र प्रमुखहरू सहित ३५ देशका प्रतिनिधिहरू पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगीहरू सयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट“ रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताउनु भएको छ ।

युक्रेन, युरोप र अमेरिकाबिचको पुनः संयोजनको यस अभ्यासमा सफल भएको उहाँले सोमबार पत्रकारहरूलाई बताउनु भएको छ ।

कूटनीतिक स्रोतका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

उनीहरुले विशेष गरी युक्रेन र रूस बिच युद्धविराम कस्तो देखिन्छ भन्ने साझा दृष्टिकोण र उल्लङ्घनको अवस्थाको प्रतिक्रियामा प्रतिबद्ध हुन तयार रहेको जनाएका छन् ।

उनीहरूले सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा “युक्रेनलाई आश्वासन दिन“ बहुराष्ट्रिय बल तैनाथ गर्ने बारेमा पनि छलफल गर्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताउनु भएको छ ।

छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनी लगायत १५ देशका सुरक्षा सल्लाहकारहरू साथै नेटो र युरोपेली सङ्घका प्रतिनिधिहरू यस अघि भर्चुअल रूपमा सहभागी भएका थिए ।

पछिल्लो समयमा सम्झौता “९० प्रतिशत“ तयार रहेको किएभले बताएको छ । यद्यपि मस्को र किभ दुवै युद्ध पछिको सम्झौताका प्रमुख मुद्दामा मतभेदमा छन् ।

युक्रेनको करिब २० प्रतिशत ओगटेको रूसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लागि दबाब दिइरहेको छ ।

तर किएभले मस्कोलाई चेतावनी दिदै फेरि आक्रमण गर्नबाट रोक्न असफल हुने शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।