१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर र चेल्सी बराबर, लिभरपुल फुलह्यामसँग स्तब्ध



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटी र लिभरपुल दुबै बराबरीमा रोकिएका छन् ।

म्यान्चेस्टरको गृह मैदान एतिहाद रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले पहिलो हाफको ४२औं मिनेटमा टिजानी राइन्डर्सको गोल मद्दतले अग्रता बनाएको थियो । लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको सिटीले विजयी भएर पहिलो स्थानको आर्सनललाई थप चुनौती दिने अनुमान गरिएको थियो ।

तर खेलको अन्त्यतिर अतिरिक्त समयको ९४औं मिनेटमा चेल्सीका फर्वार्ड एन्जो फर्नान्डेजले डिबक्स भित्र झुक्याएर सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।  यस खेलमा दुबै टिमबाट सुन्दर आक्रमण र बचाउ भएका थिए । खेलमा बराबरी भएपछि सिटीको २० खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा छ । आर्सनल भने २० खेलबाट ४८ अंक बनाएर शीर्ष स्थानमा छ र दुबै टिमको अंक दूरी ६ अंक पुगेको छ ।

विगत केही खेलहरुमा नराम्रो प्रदर्शन गरेपछि चेल्सीका मुख्य प्रशिक्षकले पदबाट राजीनामा दिइसकेका छन् । चेल्सीको २० खेलबाट ३२ अंक जोडी पाँचौं स्थानमा पुगेको छ ।
उता, गत सिजनको च्याम्पियन लिभरपुल पनि फूलह्यामसँग स्तब्ध भयो । जितनजिक पुगेको अवस्थामा ९७औं मिनेटमा फूलह्यामका ह्यारिसन रीडले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्टको दायाँ माथि कुनाबाट छिर्दै जाली चुमेको थियो ।

लिभरपुलका प्रतिभाशाली खेलाडीहरु मोहम्मद सलाह र एकिटिके बेगर मैदानमा ओर्लिएको लिभरपुलमाथि फूलह्यामले निकै पटक शसक्त प्रहार गरेको थियो । यहीक्रममा १७औं मिनेटमा फूलह्यामका ह्यारी विल्सनले पहिलो गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा लिभरपुलका फ्लोरिअन विर्जले अफसाइड जस्तो देखिने बल प्रहार गरी गोल गर्न सफल भएका थिए । भिआरएसले उनी अफसाइड नरहेको भन्दै गोलको मान्यता दिएको थियो ।

यस प्रतिस्पर्धामा ९० मिनेट पछिको अतिरिक्त समयमा रोमाञ्चक स्थिति सिर्जना भयो । लिभरपुलका कोडी ग्याप्कोले ९४औं मिनेटमा गोल गरेर टिमको जित लगभग सुनिश्चित गरेको ठानिएको थियो । तर फूलह्याम हार मान्ने स्थितिमा थिएन ।

फूलह्यामका फर्वार्ड ह्यारिसन रीडले ९७औं मिनेटमा आकर्षक गोल गरी खेललाई बराबरीमा ल्याइदिए, र लिभरपुल निराश हुन बाध्य भयो । यो बराबरीसँग लिभरपुलको २० खेलबाट ३४ अंक सहित चौथो स्थानमा छ ।