५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते



अ+ अ-

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताउनुभयो । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिनुभयो ।

“घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने तयारी छ”, उहाँले भन्नुभयो । छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो । चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ । रासस