५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

बिजनेस क्लासको टिकटमा आउनेहरुलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छः ढकाल

बिजनेस क्लासको टिकटमा आउनेहरुलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छः ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ ।

विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभयो । ढकालकाअनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भन्नुभयो – ‘कसैले विजनेश क्लासको टिकट किनेको छ र विजनेस क्लासको प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यही अनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजनहरु कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीहरुलाई त ठिकै छ  तर विदेशीहरुले तिरेको प्रिमियम अनुसारको सुविधा पाएका छैनन् । प्रिमियम तिरेकाहरुलाई सोही अनुसारको सुविधा नपाउँदा बाहिर नकारात्मक सन्देश जान्छ र यसले पर्यटन प्रवद्र्धनमा असर पारिरहेको छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाईं तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताउनु भयो । यसले नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने आधार निर्माण गरेको छ । जोशीकाअनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ । पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ ।
जोशीले भन्नुभयो–‘विदेशी पहुनाको आगागमन , बसाइ र गतिविधिसम्बन्धि सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखिकरण गर्न थालेको छ । यसले सुरक्षित, सहज गन्तव्य नेपाल हो भनेर आधार निर्माण गरेको छ । हामीले हेर्दा  नेपालमा २०२५ मा ११ लाख ६० हजार पर्यटक आगामन भएका छन् । पूर्वाधारका स्थीतिदेखि अरु सहज हुँदा २५ लाख ३५ हुँदै ५० लाखसम्म पर्यटक नेपालमा आउन सक्नेछन् । यतिधेरै ठूलो संख्यामा पर्यटक बढ्दै जाँदा पर्यटकको सुरक्षाका लागि पनि अभिलेख राख्नुपर्छ । पर्यटकका नाममा कतिपय अपराधिक मानशिकतामा आउनेहरुलाई निगरानी गर्न सकियो भने त्यस्ता कार्यहरु नियन्त्रण गर्न सहजता हुन्छ ।’

जोशीकाअनुसार पर्यटकको नाममा अपराधिक मानसिकता लिएर आउने व्यक्तिहरूको निगरानी गर्न सके यस्ता गतिविधि नियन्त्रण गर्न सजिलो हुनेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उता, वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए वाह्य मात्र  नभई आन्तरिक आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ ।

पाध्यक्ष सिटौलाले भन्नुभयो– ‘नेपालको सार्वजनिक यातायात क्षेत्रलाई राम्रो, चुरुस्त दुरुस्त बनाउन सकियो भने वाह्य मात्रै नभई आन्तरिक पर्यटकको वृद्धि हुन्छ । धेरै मान्छेको पहुँच सार्वजनिक यातायातमा छ । प्रहरीहरुले चलानीमा कम्तिमा सातै प्रदेशमा तपाइले टिकट काटेर चढ्नुभएको छ की छैन गाडीमा भनेर ६० प्रतिशत यातायातका समस्या समाधान हुन्छ । टिकटहरु यात्रुले काटेर गयो भने यात्रुहsरु सुरक्षित हुन्छ । ’

उहाँकाअनुसार टिकट प्रणालीलाई कडाइका साथ लागू गर्न जरुरी छ ।