३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु, स्थानीय प्रदर्शनमा

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु, स्थानीय प्रदर्शनमा
अ+ अ-

सुनसरी । सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय  साह रहेका छन् । स्थानीयकाअनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो ।

घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताउनुभएको छ । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाई छ । यता स्थानीयले भने सशस्त्रको ज्यादती भन्दै विहानैबाट लौकही क्षेत्रमा प्रर्दशन चर्काएका छन् । उनीहरुले सशस्त्र प्रहरी उपर सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सामान्य व्यक्तिको गोली हानी हत्या गरेको आरोप लगाएका छन् ।

स्थानीयले मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रर्दशन गरेका छन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । प्रहरीले भीड तितरवितर पार्न केहि राउण्ड हवाई फायर समेत गर्नु परेको छ । गोली हान्ने व्यक्तिलाई कार्वाहीको माग गर्दै स्थानीयले प्रर्दशन चर्काएपछि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको छ ।