१६ श्रावण २०८३, शनिबार
,
Latest
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण स्पेनमा भारी वर्षाका कारण एक जनाको मृत्यु, दुई बेपत्ता



अ+ अ-

काठमाडौँ।  दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आईतवार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् ।

मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे शहर नजिकै भ्यानमा यात्रा गरिरहेका बेला उक्त सवारी साधन बाढीमा फसेको थियो । सहरका मेयरले उनको मृत्युको पुष्टि गरेका छन् । भ्यानमा सवार ५० वर्षकै अर्का एक यात्रु अझै बेपत्ता छन् ।

स्थानीय आपतकालीन सेवाहरूले उक्त खाली सवारी साधन फेला पारेका छन् । जसलाई बहाव बढेको फहला नदीले बगाएको थियो र छत पूर्ण रूपमा नष्ट भएको अवस्थामा गम्भीर क्षति पु¥याएको थियो ।

सिभिल गार्ड, दमकल र नागरिक सुरक्षा एजेन्टहरूले ग्रेनाडा प्रान्तको इलोरा नगरपालिकामा एउटा खोला तर्ने क्रममा बगेका एक मोटरसाइकल चालकको खोजी गरिरहेका छन् ।

दक्षिण र दक्षिण–पश्चिमी स्पेनमा आईतवार साँझदेखि सोमवारसम्म थप भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।