६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर भएको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको तथा यस लक्ष्य प्राप्तिका लागि सरकारले हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको बताउनुभयो । यस यात्राबाटै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गरिने दृढता उहाँले व्यक्त गर्नुभयो ।
सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठः

–आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र सम्मानमा हामी आज यहाँ उपस्थित भएका छौं । हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएका छौं । आज हामी ७० औं प्रजातन्त्र दिवस मनाइरहेका छौं । प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।जनताको बलिदानीद्वाराशासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

–समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवंबर्बरताबाट मुक्ति पाएको रलामो अन्धकार चिरेरप्रकाशमयसुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं ।आज हामी मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाइरहेका छौं । राष्ट्रको आजको यस अभियानलाईअनुप्राणित गर्ने लक्ष्यको बिजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो । त्यसैलेऔपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसात गर्न म दिदीबहिनी दाजुभाइहरुमाहार्दिक आह्वान गर्दछु । यसलेइतिहासप्रतिकोगौरव,वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी र भविष्यप्र्रतिकोउत्तरदायित्वलाई सामाजिक भाष्यको रुपमा विकास गर्नेछ ।
–आजको दिन, प्रजातान्त्रिक हक–अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत् संघर्षमा आफूलाई समाहित गर्ने बीर/बीरङ्गनाहरुको स्मरण गर्ने दिन हो ।आजको दिन, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो ।आजको दिन, प्रजातन्त्र लोकतन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्ष मार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन पनि हो ।

–संविधान जारी भएपछि आयोजित आम निर्वाचनद्वारा बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको दुईवर्ष पूरा गरेको छ ।गत बर्षलाई मैले सरकार सञ्चालनको आधार बर्षको रुपमा चर्चा गरेको थिएँ । त्यस अवधीमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजन गरेर हामी अगाडि बढेका थियौं । अहिले हामी त्यही आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर छौं । यस अवधीमा सुशासन र विकासका काममा नतिजा हासिल हुन थालेका छन् । केही सम्पन्न गरेका छौं, केही निर्माणाधीन छन् र केही अगाडि बढ्दैछन् । राष्ट्रको सम्पन्नताका लागि हामीले पार गर्नु पर्ने बाटो अझै लामो छ, तर हामी यत्रारत छौं । यात्रा थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने, तर गन्तब्य आइनपुगेकोमा आत्मभत्र्सना गर्ने प्रवृत्तिबाट जोगिंदै हामी अघि बढ्नु पर्छ ।

–नेपालले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो । अहिले द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा समाजिक रुपान्तरणको दिशातर्फ अग्रसर छ ।आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैं हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ । हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं । यसवाट अन्तर्राष्ट्रिय मञ्चहरुमा अहिले नेपालको प्रतिष्ठा र गरिमा बढेको छ ।प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अग्रसर छ ।

–अहिले हामी विल्कुलै नयाँ राज्यप्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं।बदलिएको प्रणालीलाई तीब्र गतिमा हिंडाउनु चुनौतिपूर्ण हुन्छ । एउटा सरकारका ठाउँमा अर्को सरकार बदलिएजस्तो होइन, एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौं । र, यसैबीच छोटो अवधीमा चिरकालदेखिका जनआकाङ्क्षाको पनि तीब्र सम्बोधन गर्नु पर्ने चुनौति हाम्रासामु छ ।

हामीले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहंदा कतिपय पक्षबाट आइरहेको असन्तुष्टिमा प्रणालीगत बदलाव, चिरन्तन देखिकाजनआकाङ्क्षा र राज्यको संस्थागत सामथ्र्यको आयामलाई केलाउनु पर्ने हुन्छ । लोकतान्त्रिक प्रणालीलाई दशकौंको समय लगाएर सुदृढ गरेका र विकासमा सयौं वर्ष लगानी गरेका मुलुकहरुसँग तुलना गर्ने प्रगति हामीले गर्न सकेका छैनौं । तर, थालनी गरेर अगाडि बढेका छौं र त्यसतर्फको पाइलालाई तीब्रता दिएका छौं । निरङ्कुश जहानियाँ शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गरेको २००७ सालको परिवर्तन बिन्दु जस्तै आजको समय विकास र समृद्धिको प्रवेश बिन्दु हो । यस अर्थमा आजको समय नवीन युगको प्रस्थान बिन्दुहो ।
–निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगेपछि हामी अहिले देशबाट गरिबी, वेरोजगारी, अविकास र पछौटेपन अन्त्य गरिरहेका छौं ।यस अवस्थावाट मुलुकलाई बाहिर निकाल्न र विकासको नयाँ युगमा प्रवेश गर्न सरकार योजनावद्ध रुपमा क्रियाशील छ। आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा हामी अग्रसर छौं । हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरुहासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं। यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौं ।

–‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ।समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

–लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतन्त्रिकप्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन । समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ– विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान गर्ने । यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं ।

–हाम्रो राष्ट्र निर्माण, हाम्रो प्रजातन्त्र प्राप्ति, हामीले लोकतन्त्रका लागि लामो समय गरेको संघर्षको इतिहासका परिघटना, जो गौरवपूर्ण छन्, त्यस सम्बन्धी ज्ञानलाई हाम्रो भावी पुस्ताले पनि अध्ययन गर्नु पर्दछ । आफ्नो सभ्यता, संस्कृति र इतिहासको श्रेष्ठता, त्यसका लागि पूर्खाले गरेको योगदानबारे आजको पुस्ताले गहिरो आत्मसात गर्नु पर्दछ । त्यसैले आजको यस दिवसलाई एउटा औपचारिक दिवस मात्रै होइन, यसलाई इतिहास र पूर्खाको गौरवशाली विरासतसँग जोडेर जनस्तरवाट समेत मनाउन सरकारले आव्हान गरेको छ।

–जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमाम हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।
२०७६ फागुन ७ गते