६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

अध्ययन कार्यदलले एमसीसी पारित विषयमा कुनै निर्णय नगर्ने : मन्त्री ज्ञवाली

अध्ययन कार्यदलले एमसीसी पारित विषयमा कुनै निर्णय नगर्ने : मन्त्री ज्ञवाली
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पार्नुभएको छ ।

बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताउनुभएको हो । पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकारदिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले एमसीसी साउन मै संसदमा प्रस्तुत गर्नुको तत्पर्य प्रष्ट नै छ । हामीलाई दिएको विषय पनि त्यही हो । त्यसको बारेमा रहेका अस्पष्टताहरु प्रष्ट पार्न समिति गठन भएको हो । केन्द्रीय समितिमा केही सदस्यहरुले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो । दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौँ ।’

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले अध्ययन गरिरहेको छ ।

बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताउनुभयो । दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै जैलाने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ । बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुबै देशका नजिक रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नती गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरु भारत र बंगलादेशका नदीहरुमा जोड्ने र जलमार्गको विकास गर्ने समझादारी भएको छ ।

उहाँले चीनमा कोरोना भाइरस विरुद्ध सफलता प्राप्त गर्दै गएको बताउनुभएको छ । चीनले कोरोना नियन्त्रणका लागि गरिरहेको कामलाई नेपालले ऐक्यबद्धता जनाएको बताउनुभयो । उहाँले चीनमा देखिएको कोरोनाका कारण सगरमाथा सम्बादलाई कुनै असर नगर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ताको वातावारण बनिरहेको र दुबै देशको समयअनुकुल मिति तय गरी वार्ता हुने बताउनुभयो ।