३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड
अ+ अ-

काठमाडौँ । दिगो हिमाली पर्यटनको लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकलाइ शिष्टाचारयुक्त व्यवहारदेखि फोहोर व्यवस्थापन सम्मका विषयमा छुट्टै मापदण्ड बनाएर जानुपर्नेमा सरोकावालाले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौंमा जारी तालिमका क्रममा दिगो पर्यटन सम्बन्धि सीप र व्यवस्थापन बारेमा मिहिन ढंगले छलफल भइरहेको हो ।

पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था काठमाडौं इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप्ट ) को समन्वयमा भइरहेको यो तालिममा हिमाली क्षेत्रमा पर्यटक घुमाउन लैजाँदा, उनीहरुलाइ गाइड गराउँदा वा आफैँ सानो समूहमा ट्रेकिङमा जाने क्रममा कसरी कम भन्दा कम वातावरणीय क्षतिमा पर्यटकीय गतिविधि गर्ने भन्नेबारेमा छलफल भइरहेको हो । तालिममा हिमाली क्षेत्रमा काम गर्ने ८० जना भन्दा बढी गाइड तथा भरियाहरुलाइ जिम्मेवार र दिगो पर्यटनका उपायहरुका बारेमा सीप प्रदान गरिएको छ । जहाँ टे«किङ जानुअघि नै वातावरणमैत्री सरसामान लैजाने गरी गर्नुपर्ने तयारी, टे«किङमा जाँदै गर्दा बाटोमा कसरी हिँड्ने, कसरी बाटोमा वरपरका झार तथा झ्याउहरुलाइ कम क्षति पु¥याउने, बास बस्दा कुन मापदण्डमा रहेर क्याम्प गर्ने सहितका विषयमा जानकारी गराएको किप्टका प्रवन्धक तारानन्द जोशीले जानकारी दिनुभयो ।

अहिलेको हिमाली क्षेत्रको पर्यटनको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन, पाहुनालाइ गर्नुपर्ने शिष्टाचारयुक्त व्यवहार नहुनु, जथाभावी ट्रेकिङ गर्दा वन्यजन्तुहरुलाइ असर पर्नु जस्ता समस्या रहेको र यसको न्युनिकरण गर्नको लागि पर्यटन व्यावसायी सचेत हुनुपर्ने भएकाले यसबारेमा धेरै भन्दा धेरै छलफल र सीप सिकाउनु आवश्यक रहेको उहाँले बताउनु भयो । त्यसैले आजको तालिममा यसै क्षेत्रमा काम गर्नेहरुलाइ मसिनो ढंगले दिगो पर्यटनको बारेमा बुझाउने कोशिश गरेको जोशीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पर्यटनमा जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो अवधारणा हो, जिम्मेवार हुनलाइ ट्रेकिङमा जाँदा हाम्रो इम्प्याक्ट मिनिमम होस्, पर्यटनमा वातावरणमा, जहाँ हामी जान्छौं, त्यहा जानुभन्दा अघि नै के सोच्नुपर्छ भने हामी पर्यटनमा पर्यावरणमा, प्रकृतिमा हाम्रो फोहोर व्यवस्थापन कसरी गर्दैछौ, यि कुराको सुरुमा नै प्लालिङगर्नुपर्छ, कमसेकम हामी प्रकृतिलाइ नकारात्मक प्रभाव नपारौं । यो प्रकृती सबैको हो । नाती पुस्तालाइ यो प्रकृतिी जस्ताको त्यस्तै छोड्न सक्नुपर्छ । सबैलाइ यो कुरा फैलाउनको लागि हामीले पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाइ बोलाएर यो कुरा सिकाउन खोजेका हौं ।’

४ दिनसम्म चल्ने यो तालिममा पर्यटन व्यावसायिको लागि आवश्यक प्राथमिक उपचारका सीपदेखि दिगो पर्यटनका सीपसम्मका बारेमा सिकाइने छ । साथै पर्यटन क्षेत्रमा काम गर्दै आएका महिला उद्यमीहरुसँग पनि छलफल गर्ने, उनीहरुको अनुभव सुन्ने र दिगो तथा भरपर्दो र जिम्मेवार पर्यटनको प्रवर्धन गर्ने उद्देश्य रहेको जोशीले बताउनु भयो । तालिममा हिमाली क्षेत्रको पर्यटन व्यवसायमा संलग्न लगभग ३ सय जना सहभागि हुनेछन् । टे«किङ तथा ट्राभल सञ्चालक, गाइड, भरिया तथा समग्र यो क्षेत्रमा काम गर्नेहरुलाइ विभिन्न ९ वटा मापदण्ड बारेमा जानकारी दिइएको छ । यो तालिमले आफ्नो व्यावसायिक क्षमतामा थप सहयोग पु¥याउने सोलुखुम्बुका पर्यटन व्यावसायी मिङमार छिरिङ शेर्पाले बताउनु भयो । कार्यक्रम  डिसेम्बर १७ देखि २४ सम्मका विभिन्न दिनमा चलिरहेको छ ।