१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड

मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड
अ अ+ अ-

सिरहा। मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।

मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज लहानमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठी कार्यक्रममा उनीहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन् ।

प्रमुख अतिथि मधेस–प्रदेशसभा सदस्य जीवछी यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षादेखि पेशागत अधिकारसम्म राज्यले ध्यान दिनुपर्ने बताउनुभायो । उहाँले भन्नुभयो, “लोकतन्त्रको मेरुदण्ड मिडिया हो ।

स्वतन्त्र, सक्षम र जिम्मेवार मिडिया बिना सुशासन सम्भव हुँदैन । आज सञ्चार माध्यमहरू आर्थिक संकट, सुरक्षा चुनौती र नीतिगत अस्पष्टताबाट गुज्रिरहेका छन् । यस्ता समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भएर ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ ।”

मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार माध्यमहरू आर्थिक, प्रविधिगत र नीतिगत चुनौतीमा रहेको भन्दै सरकारी नीति तथा कार्यक्रममार्फत मिडियालाई सशक्त बनाइनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, मधेस प्रदेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले आमसञ्चार प्राधिकरणलगायत विभिन्न निकायहरुसँग समन्वय र सहकार्यको नीति लिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका उपाध्यक्ष अम्बिका दाहालले इमान्दार भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहितालाई ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले स्थानीय सञ्चार माध्यमहरू टिकाइराख्न विज्ञापन नीति, क्षमता अभिवृद्धि तथा पत्रकारको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।