काठमाडौँ, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको बताउनुभएको छ ।
काठमाडौँमा बिहिबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो ।
चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पु-याएको उहाँले उल्लेख गर्नुभयो । “चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो,“खासगरी नेपालको पूर्वाधार विधास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तीकै योगदान गरेको छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।”
नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङ ले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गर्नुभएको थियो । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्धारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।












