काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
सहकारी ठगी गरेको आरोपमा थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबारको बिगो बुझाएर रिहा गर्न आदेश भएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रिहा गर्न अस्वीकार गरेको थिए । उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।










