रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।
न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षको बहस सकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
यसअघि मङ्सिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ भएर र मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेपछि उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।










