१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
फोटो फाइल
अ अ+ अ-

सुदूरपश्चिम। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस हुनुभएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा यो क्षेत्रमा राणासहित कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस गरिएको छ ।

कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन् । बलायर डोटीबाटसमेत सिफारिस हुनुभएको छ । कैलाली –४ मा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहितका आकांक्षीको नाम पनि सिफारिस गरिएको छ ।

  कञ्चनपुर–२ बाट विघटित प्रतिनिसभा सदस्य एवं कांग्रेसका नेता एनपि साउदसहितका आकांक्षी र कञ्चनपुर–३ बाट केन्द्रीय सदस्य एवं निर्वतमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षीको नाम सिफारिस भएको छ । यसैगरी अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहित सिफारिस भएका छन् ।  विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट एकल रुपमा सिफारिस हुनुभएको छ ।

कांग्रेसको प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका आकांक्षी सबैको नाम केन्द्रमा पठाएको प्रवक्ता रावतले बताउनुभयो  ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ सबै नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन र तत्कालीन नेकपा (एकीकृत समाजवादी) पाटीका तीन र नेकपा (एमाले)का दुई प्रत्यासी विजयी हुनुभएको थियो । रासस