१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने

बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने
अ अ+ अ-

काठमाडौं। नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ।

सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, प्रसारण साझेदार, प्रायोजक संस्था तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो। सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन्।

विशेष गरी आगामी निर्वाचन र पछिल्लो समय युवापुस्ता, विशेषतः ‘जेन जी’ बाट उठिरहेका आवाज र आन्दोलनहरूले देशमा पारदर्शी र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कठघरा ले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको छ।

पत्रकार सम्मेलनमा ‘कठघरा’का निर्माता थमन कुमार भण्डारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, अवधारणा र अपेक्षाबारे प्रकाश पारे। यस कार्यक्रममा डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने नयाँ अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिबद्धता प्रस्तुत गरे।

यस अवसरमा ‘कठघरा’को आधिकारिक प्रसारणसम्बन्धी घोषणा पनि गरिएको छ। यो कार्यक्रम हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटी मार्फत प्रसारण हुने भएको छ। कठघरा आगामी बुधवारदेखि सुरु भई कुल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधवार राति ठिक ८:०० बजे दर्शकहरूले कार्यक्रम हेर्न सक्नेछन्।

पत्रकार सम्मेलनका क्रममा ‘कठघरा’का निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदान–प्रदान गरिएको छ। हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको सहकार्यलाई निर्माता भण्डारीले कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे।

कार्यक्रमलाई अर्थपूर्ण सामग्री र जिम्मेवार पत्रकारितामा विश्वास गर्ने विभिन्न प्रतिष्ठित संस्थाहरूले साथ दिएका छन्। कजारिया टायल्स शीर्ष प्रायोजकका रूपमा रहेको छ भने इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैङ्क, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप र को-स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन्।

कार्यक्रमका निर्देशक अमन प्रताप अधिकारीले कठघरा को अवधारणा, संरचना र प्रत्येक प्रश्नको दिशाबारे आफ्नो धारणा राखे। न्यायाधीशको भूमिकामा रहेकी मिथिला शर्माले कार्यक्रमभित्र निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे बोलिन्‌।

त्यस्तै, कार्यक्रमका सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।