१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि



अ+ अ-

काठमाडौँ । पर्यटकीय नगरी सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी पुस ११ देखि १३ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले रत्ननगर नगरपालिकाको संरक्षकत्व तथा संघको आयोजनामा आयोजना हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँले सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको हात्ती महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि भई चितवनका पर्यटकिय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको समेत बताउनु भयो । उहाँले डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्रीको लागि प्रकृति अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने समेत जानकारी गराउनु भयो । उहाँले बहुलजाती, बहुभाषा र कला संस्कतिको प्रवद्र्धन गर्दै भाविष्यको संरक्षण समेत महोत्सवको विषेशता रहेको बताउनु भयो ।

करिव ८० वटा हातीहरु द्वारा शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको अंगार प्रतियोगिता कार्यक्रम स्थलमा लाईभ हात्ती माउते द्वारा हात्तीलाई स्केच, चकले हात्तीलाई श्रृंगार पटार गरिने, हात्तीको स्वास्थ्य शिबिर लगायत महोत्सवका आकर्षणहरु रहेको खनालको भनाइ छ ।