५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान



फाइल फोटो
अ+ अ-

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूलाई अमूल्य मत दिएर उपाध्यक्ष पदमा विजयी गराउन पार्टीका महाधिवेशन प्रतिनिधिहरु समक्ष आग्रह गर्नु भएको छ ।

उहाँले सामाजिक संजाल मार्फत् प्रकाशन गर्नु भएको आह्वानमा पार्टीलाई निर्णायक शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरुलाई बलियो, शसक्त, अनुशासित र गतिशील संगठन मार्फत् जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भुमिका निर्वाह गर्नु पर्दछ भन्नु भएको छ ।

उहाँले अपिलमा भन्नुभएको छ,

प्रिय प्रतिनिधि कमरेडहरु,

हार्दिक अभिवादन !

हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आईपूगेका छौ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरु लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनता सँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भुमिका निर्वाह गर्नु पर्दछ ।

मैले उपाध्यक्ष पदमा उम्मेद्वारी मनोनयन गरेको यहाँहरुलाई अवगत नै छ । प्रिय प्रतिनिधि कमरेडहरुबाट अमुल्य मतको अपेक्षा गर्दछु ।

विष्णुप्रसाद पौडेल

उपाध्यक्ष पदको उम्मेद्वार




भर्खरै