२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको वायु खतरनाक स्तरमा



अ+ अ-

नयाँदिल्ली । भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ ।

आईतवार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ । शनिवारदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेपछि यो स्तरलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन् ।

यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध, विद्यालयहरूलाई हाइब्रिड मोड (अनलाइन र अफलाइन) मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ । पछिल्ला केही वर्षयता दिल्ली र आसपासका क्षेत्रमा विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीसम्मको जाडो महिनामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ ।

यस अवधिमा फोक्सोसम्बन्धी रोगहरूबाट पीडित हुनेहरूको संख्या धेरै गुणा बढेको छ । यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम दृश्यताका बीच धेरै सवारीसाधनहरू आपसमा ठोक्किएका दुर्घटनाहरू रिपोर्ट भएका छन् । दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा रहेको छ र आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ ।