२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्। नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने भन्दै उनीहरू दुवै जनाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका हुन्।

जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूले यसबारे औपचारिक जानकारी गराएका हुन्। ज्ञवाली र शाक्य दुवै जना पार्टीभित्र ईश्वर पोखरेल पक्षसँग खुलेर आबद्ध रहँदै आएका नेताहरू हुन्।

केन्द्रीय कमिटी बैठक बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने प्रस्ताव अघि सारेका छन्। तर ओलीको उक्त प्रस्तावलाई ईश्वर पोखरेल पक्षले अस्वीकार गर्दै आएको छ।

आज दिउँसो १२:३० बजेबाट सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र अब तीन बजेका लागि सारिएको छ।