२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन सुन २२ सय रुपैयाँले बढ्यो



अ+ अ-

काठमाडौँ । आईतवार नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आईतवार २२ सय रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आईतवार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।