१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ
अ अ+ अ-

नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताउनुभएको छ ।

नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले ठूला योजना कार्यान्वयनसहित जनचाहनाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनाअनुरुप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले भन्नभयो,“केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ । प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनाअनरुप विकासमा केन्द्रीत हुनुपर्ने आवश्यकता छ । मेरो नेतृत्वको सरकारले गाउँमुखी, न्याय, आय र विकासमुखी काम गर्ने दृढ सङ्कल्प लिएको छ ।

गरिबका सन्तानलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, पछि परेका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमा नै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर वृद्धि भए पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री बानियाँको जोड थियो ।

यहाँको बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्न ढाडेखोलामा पक्की पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारको रु चार करोड ९४ लाख बजेटमा निर्माण हुने पुलको समयावधि अठार महिना तोकिएको छ ।

मुख्यमन्त्री बानियाँले आजै बेलकोटगढी–१३ र लिखु–३ जोड्न सुपारीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभयो । प्रदेश सरकारमार्फत रु आठ करोड ७८ लाखमा निर्माण गरिएको हो । त्यस अवसमार तोकिएको अवधिभन्दा अगावै पुल सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी जयविष्णु निर्माण सेवा प्रालीलाई कदरपत्रसहित सम्मान गरिएको छ । रासस