काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि लुम्बिनी लायन्सले हात पार्यो । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।
यता, प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै कप्तान रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरे । उनले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भए । उनले १७ विकेट लिएका थिए । उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिनेमा परे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलमन घोषित भए । १५ विकेट लिन सफल उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बने । उनले पल्सर बाइक प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भए । उनले पनि पल्सर बाइक प्राप्त गरे ।
यस्तै, लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भए । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन बने ।










